यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख केशव अर्यालसहित ५ जना पक्राउ

बुटवल  । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ ।

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) विवरणबारे छानबिन गरिरहेको सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।

सीआईबीले पाल्पा तानसेन नगरपालिका-३ का पदम राज आचार्यलाई पक्राउ गरेको छ । उनी हाल यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अपरेटर हुन् ।

त्यस्तै, यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत पाल्पाको तानसेनका सुवास पौडेल, यातायात व्यवस्था कार्यालय जनकपुरका सहायक कम्प्युटर अपरेटर दिलीपकुमार शाह र यातायात व्यवस्था कार्यालय चितवनका सहायक कम्प्युटर अपरेटर राजेश लम्साललाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूले फर्जी विवरणहरू ईन्ट्री गरी सोका आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनाविरुद्ध लिखत सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation