
सैनामैना । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०८०(एसइई) को नतिजामा रुपन्देही जिल्लाको सैनामैना स्थित रामापुर माध्यमिक विद्यालयका कृतिम भट्टराईले नेपालमै सर्वोकृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ । भट्टराईले प्राप्त गरेको ४ जिपिए अंक नेपाल भरिकै सर्वोकृष्ट भएको विद्यालयले दाबी गरेको हो ।
रामापुर माबीबाट एसईई दिएका भट्टराईले ल्याएको नतिजा नेपालभरको उत्कृष्ट नतिजा रहेको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले दाबी गरे । शिक्षा तथा खेलकुद बिकास शाखा प्रमुख राधा बेल्वासेले यस बर्षको एसईई परीक्षामा सैनामैनाबाट सहभागि विद्यार्थीमध्ये रामापुर माबिका भट्टराईले ४ जिपिए ल्याएर सर्बोकृस्ट भएको जानकारी दिनुभयो ।
विद्यालयले दिएको जानकारी अनुसार एसईइईमा सो विद्यालयबाट सहभागि १८० जना विद्यार्थीमध्ये कृतिम भट्टराईले ४ जिपिए सहित नेपाल प्रथम A+ ल्याउने ४ जना, A ल्याउने ४९ जना सहित १२३ जना उतिर्ण भयका छन भने ५७ जना नन ग्रेड( अनुत्तीर्ण ) भएका छन ।