पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक अन्तरक्रिया सम्पन्न

सैनामैनाको मुर्गियामा रहेको पर्रोहा क्याम्पसमा शैक्षिक अन्तरक्रिया
सैनामैना वडा नं ४ मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक सुधार तथा शैक्षिक गुणस्तर कायमका लागी सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्रोहा बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनालाई शैक्षिक हव बनाउन सबै एकाबद्ध भई लाग्नु पर्ने बताउनु भयो । सैनामैनामा रहेको शैक्षिक संस्थाहरुलाई नगरपालिकाले प्राथमिकतामा राखेर हेर्दै आएको समेत शर्माको भनाई थियो ।
नगरपालिका सबैको राय सल्लाह र सुझाव लिएर अगाडी बढ्दै आएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भयो । शैक्षिक बिकासको लागी सरोकारवाला पक्षसंग छलफल गरी आवश्यक निर्णय लिन नगर तयार रहेको समेत उपप्रमुख रानाको भनाई थियो ।
यस क्षेत्रको गरिमाको रुपमा पर्रोहा बहुमुखी क्याम्पस रहेको क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष खुशीराम चौधरीले बताउनु भयो । क्याम्पसले शैक्षिक गुणस्तर कायम गर्दै यस क्षेत्रको अभिभावकको रोजाईको शैक्षिक संस्था बन्न सफल भएको समेत अध्यक्ष चौधरीको भनाई थियो ।

क्यँम्पसको शैक्षिक अवस्था र आगामी योजनाको बिषयमा क्याम्पस प्रमुख हेमचन्द्र शर्माले जानकारी गराउनु भएको थियो ।
शैक्षिक अन्तरक्रिया कार्यक्रममा सैनामैनाका बिधार्थीहरु स्थानिय शैक्षिक संस्थामा नै अध्ययन गर्न आकर्षण कसरी गर्न सकिन्छ, सैनामैनाको शैक्षिक गुणस्तर बढाउन के के आवश्यक रहेको, यसका सरोकार पक्षको भुमिका, स्थानिय तहले गर्नुपर्ने पहलकदमको बिषयमा ब्यापक छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका क्याम्पस ब्यवस्थापन समिति, बिधालयका प्रधानाध्यापक, बडाअध्यक्षहरु, जनप्रतिनिधि, समाजसेवी, राजनैतिक दल, शिक्षक एवं पत्रकारहरुको सहभागीतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा ब्यवस्थापन समितिका उपाध्यक्ष प्रेम कुमार शर्माको स्वागतमा शैक्षिक बिभाग प्रमुख जगन्नाथ गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation