एक हजार ६५ जनाको र्यापिड टेस्ट

कपिलवस्तु

कपिलवस्तु अझैसम्म कोरोनाबाट सुरक्षित रहेको पाईएको छ । कपिलवस्तुमा एक हजार ६५ जनाको र्यापिड टेस्ट भएको र सबैको रिपार्ट नेगेटिभ रहेको जिल्ला स्वास्थय कार्यालय प्रमुख योगेन्द्र भगतले बताउनु भएको छ । हिजो २ पालिकामा १२ टेस्ट भएका छन् । कृष्णनगरमा १० र बिजयनगरमा २ टेस्ट भएका हो ।

अहिलेसम्म बिजयनगर गाउपालिकामा २ सय, महराजगंज नगरपालिकामा २ सय ४१, सुद्धोधन गाउपालिकामा ७०, मायादेबी गाउपालिकामा ९०, कृष्णनगर नगरपालिकामा १ सय १८, शिवराज नगरपालिकामा ८८ जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा ५८, यशोधरा गाउपालिकामा ८६, बाणगंगा नगरपालिकामा ५१ र बुद्धभुमी नगरपालिकामा ४३ जनाको टेस्ट भईसकेको छ ।

१० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाईन बेडमा एक हजार २९७ जना रहेका्ेमा ९ सय ७४ जना डिस्चार्ज भई हाल ३ सय ५३ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो । उता सशस्त्र प्रहरीले नाकामा निग्रानी बढाए पनि भारतबाट चोर नाका हुदै नेपाल भित्रनेक्रम रोकिएको छैन ।

अहिले चोरनाका हुदै भारतमा रोजगारीकालागि गएकाहरु अहिले फकर्ने गरेका छन । भारतले लकडाउनको स्वरुप बदले पछि भारतका बिभिन्न शहरमा रोकिएका नेपाली मजदुरहरु अहिले चोर नाका हुदै कपिलवस्तु छिर्ने गरेका छन । उनीहरु क्वारेन्टाईनमा नबस्दा कपिलवस्तु समेत कोरोनाको उच्च जोखिममा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation