सैनामैनामा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दियो

सैनामैना ।
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगरपालिका भित्र बजार अनुगमन थालेको हो ।

सैनामैना नगरपालिकाकी उपमेयर विना रानाको नेतृत्वमा सोमबार मुर्गिया नयाँ हाट वजार क्षेत्रमा अनुगमन सुरु गरेको हो । अनुगमनमा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम खड्का, सैनामैना व्यापार संघका उपाध्यक्ष देवीदत्त सुवेदी, उपभोक्त हक हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतम, नगरपालिकाका कर्मचारी, प्रहरी, नगर प्रहरी र पत्रकार सहितको टोलिले अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु जफत गरीएको छ । सैनामैना नगरपालिकाको मुर्गिया बजारका विभिन्न पसलवाट लेभलिङ नगरी बेच्न राखिएका करिव १५ किलो घ्यू लगायत म्याद नाघेका खाद्य सामाग्री, नगरपालिकाको अनुगमन टोलिले जफत गरेको हो ।

सैनामैना नगरपालिकाले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा नगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको जनाएको छ । सैनामैना नगरपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अहिले पनि बजार अनुगमनलाई परम्परा शैलीमा अनुगमन केन्द्रित गरेको छ । नगरपालिकाले अनुगमनलाई चार्डपर्वमा मात्र नभएर नियमित गराउन स्थानियले आग्रह गरेका छन् भने उपभोक्ता ठग्ने खास व्यापारीलाई कारबाही गर्नसके अनुगमन प्रभावकारी बन्न सक्ने समेत स्थानीयले सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation