सैनामैना । सैनामैना नगरपालिका स्थित चुरे काखमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् पर्यावरणीय महत्व वोकेको नगरकै एक गौरव मलमला मन्दिर तथा मलमला चौरा बाबा क्षेत्रमा विजया दशमीको पूर्व सन्ध्यामा धर्मावलम्वी एवम् प्रकृति प्रेमि महानुभावहरुको घुइँचो लागेको छ ।
खासगरी तराइमा वसोवास गर्ने प्रकृति पुजक थारु समुदायको आस्था संग जोडिएको मलमला चौरा बाबालाई उक्त समुदायले आफ्नो वस्तीको सुरक्षा संगै जंगलि जनावर वाँघलाई घरपालुवा जनावरको सुरक्षा गर्ने हेतुले बाघ केन्द्रित गर्ने क्षेत्रको रुपमा मलमल पूजा आजा गर्ने, भाकल गर्ने, दुधको धार दिने, सेता कपडाका धजाहरु चडाउने, परेवा उडाउने प्रचलनबाट परिचित मलमला क्षेत्रको विकासमा पछिल्लो समय मलमला एकिकृत सामुदायिक विकास कार्यक्रम नामक संस्थाले आफ्नो योजनावद्ध विकासलाई अगाडि सारेको छ ।
हाल उक्त क्षेत्रमा पुग्न सिढी बनेको छ । पूर्व र पश्चिम दुवै तर्फबाट मोटरवाटो सनिएको छ । स्थायी विधुतिकरण भएको छ । थारु समुदायको सँस्कृति झल्कने गरी थारु मठ निर्माण भएको छ । खानेपानिको व्यवस्था पनि भएको छ । सैनामैना नगरपालिकाको साझेदारीमा एडिवि ले मलमला साँस्कृतिक पार्कको अवधारणालाई लिएर आफ्नो अध्ययनलाई अगाडि वढाएको छ । यद्धपि यहाँको विकास जुन गतिमा अगाडि बढ्नपर्ने हो त्यो नभएको गुनासो स्थानीयको रहेको छ ।
मलमला मन्दिर देखि उत्तर पूर्वी टाकुरामा खानेपानि टंकि निर्माण गर्ने योजना अधुरै रहेको र यो आर्थिक वर्षको लागि स्थानिय, प्रदेश एवम् संघ तीनै तहका सरकारले यो क्षेत्रको विकासको लागि कत्तिपनि वजेट नछुट्याएको गुनासो गर्छन यहाँका अध्यक्ष पदम पाण्डे । मलमला देवीको राम्रो मन्दिर वनाउन पाए धेरै राम्रो हुने थियो भन्ने गुनासो थियो स्थानिय भीम बहादुर खड्काको । विकासको पर्खाइमा रहेको मलमला धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय क्षेत्रलाई लुम्विनि विकास क्षेत्र संग एकिकृत गरी योजनावद्ध विकास गर्न सकेमा सैनामैना नगरको गौरव बढ्ने कुरामा आफ्नो मत जाहेर गर्छन मलमला एकिकृत सामुदायिक विकास कार्यक्रका संस्थापक अध्यक्ष गुणाखर भट्टराई ।