सैनामैनामाको बुद्धनगरमा स्वास्थ्य शिविर

 सैनामैना । न्यू बुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ ।

न्यू बुद्ध स्टार युवा क्लवको भवनमा आयोजित स्वास्थ्य शिविरको दिन स्वास्थ्य शिविरको सहकार्य गर्ने साझा हस्पिटल प्रालिका अध्यक्ष गोविन्द खनालको जन्मदिनको संयोग समेत परेको हो ।
आफ्नो जन्म दिनको संयोग र स्वास्थ्य शिविर आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै साझा हस्पिटल प्रालिका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनालले सामाजिक सेवा, मानव अधिकार तथा मानवताको सेवाको क्षेत्रमा केही योगदान गर्ने इच्छाले प्रेरित भएर यस प्रकारको स्वास्थ्य शिबिर लगायतका कार्यक्रम विगतदेखि नै गर्दै आएको बताउनुभयो ।

न्यू बुद्ध स्टार युवा क्लवका अध्यक्ष दिपक चौधरीको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको शुभारम्भका अवसरमा सैनामैना नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धनप्रसाद पौडेल, बुद्धनगर खानेपानीका अध्यक्ष रामप्रसाद भुसाल, भीम सुवेदी, राजु घिमिरेले शिविर आयोजनाले यस क्षेत्रका स्थानीयले सेवा लिन पाएको बताउनुभएको थियो । कार्यक्रमको संयोजन नारायण खरेलले गर्नुभएको थियो भने संचालन केशब बिश्वकर्माले गर्नुभएको थियो । त्यस अवसरमा तीनसय जनाले सेवा लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation