सुनगाभा सैनामैना गोल्डकपः आयोजक सैनामैना फुटवल क्लव सेमीफाईनमा

सैनामैना, फागुन २३ । आयोजक मुर्गिया फुटवल क्लव सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

सैनामैना फुटवल क्लवको आयोजनामा भैरहेको खेल अन्तरगत शुक्रबार भएको खेलमा भारत सिक्कीमको डोङग्री फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक मुर्गिया फुटवल क्लव सेमीफाईनलमा प्रवेश गरेको हो ।

सैनामैना फुटवल क्लवले पहिलो र दोश्रो हाफमा एक दर्जन बढी पोष्ट आक्रमण गरेको थियो ।
पहिलो हाफको १० मिनेटमै सैनामैना फुटवल क्लवका खेलाडीले प्रहार गरेको सुट पोष्टमा लागेर बाहिरियो । त्यसैगरी डि एरियाबाट कैयौपटक पाएका पोष्ट आक्रमण सैनामैना फुटवल क्लवका खेलाडीले गोलमा परिणत गर्न सकेन ।

दोश्रो हाफमा पनि त्यही अवस्था दोहोरियो । आयोजक क्लवको धेरै राम्रा अवसर र प्रयास गोलमा परिणत हुन सकेन । भारतको डोङ्ग्री फुटवल क्लव सिक्कीम दवावमा खेल्न बाध्य भएको थियो ।
अन्ततः खेल सकिन ६ मिनेट बाँकी हँुदा कठिन संघर्षका बीच मुर्गिया एफसीले पाएका फ्रि किकलाई जर्सी नंं ८ का खेलाडी एरोन थापाले जाली चुमाउन सफल भए ।
उनी शुक्रबारको खेलको म्यान अफ दि म्याच घोषित भए ।
खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको आयोजकका लागि पेनाल्टीमा जाने अवस्था घातक हुन सक्थ्यो तर अन्तिम समयमा एक गोल गरि आयोजक मुर्गिया फुटवल क्लवले सेमीफाईनलको यात्रा तय गरेको छ । खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
भोली शनिवारको खेल कपिलवस्तु ११ र फर्साटिकर युथ फुटवल क्लवबीच हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation