दशगजामा अलपत्रलाई भारतिय क्वारेन्टाईन पठाईदै

ताैलिहवा, २५ बैशाख कोरोना संक्रमणका कारण गरिएको लकडाउनका क्रममा भारतबाट छुकी छिपी नेपाल प्रवेश गर्ने क्रममा शसस्त्र प्रहरीको नियन्त्रणमा परेका व्यक्तिलाई भारतिय क्वारेन्टाईन पठाउन शुरु गरिएको छ ।

मर्यादपुर स्थित क्वारेन्टाइनमा राखिएका नेपाली नागरिक

बुधबार दिउसो सम्म दशगजामा अलपत्र परेका ३ सय ४३ जना मध्य मर्यादपुरमा रहेका ९८ जनालाई भारतिय सुरक्षाकर्मीको सहयोगमा भारतिय क्वारेन्टाईनमा पुर्याईएको हो । दशगजामा अलपत्र परेका भारतबाट आएका नेपाली नागरिकले आफुहरुलाई भारतिय क्वारेन्टाईनमा नपठाएर नेपालकै क्वारेन्टाईनमा तोकिएको समय अबिधी सम्म राखि दिन माग गरेका थिए । नेपाल भारत बिचको सहमती अनुसार जो जता छ त्यहिको क्वारेन्टाईनमा राख्ने सहमती भएका कारण दशगजामा अलपत्र नेपाली नागरिकलाई भारतिय क्वारेन्टाईनमा पठाईएको हो । मर्यादपुर स्थित दशगजामा रहेका सबै जनालाई भारतको खुनुवा बजार हुदै रमवापुरमा निर्माण गरिएको क्वारेन्टाईन लगिएको खुल्न आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation