मदन भण्डारी जीवित भएको भए आज महाकालीमा नेपालको सीमा स्तम्भ हुन्थ्यो

आज जेठ ३ गते । २०५० साल आजकै दिन तत्कालीन समयका लोकप्रिय वामपन्थी नेता मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको दिन । चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालक अमर लामा बाँचेका थिए भने मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाएका थिए । 

जीप दुर्घटना रहस्यमय भएको भन्दै तत्कालीन समयमा पनि छुट्टाछुट्टै ४ वटा छानबिन समितिहरु गठन भए । तर पनि मदन भण्डारीको दुर्घटना सामान्य दुर्घटना थियो या योजनाबद्ध हत्या थियो भनेर छुट्याउने आधार भने कसैले पेश गर्न सकेनन् । सरकारी छानबिन समितिले दुर्घटना नै भएको प्रतिवेदन दिँदा तत्कालीन एमालेले त्यसको व्यापक विरोध ग¥यो र आफै छानबिन समिति बनायो । 

मदन भण्डारीपछि दोस्रो वरियतामा रहेका माधवकुमार नेपालले केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको संयोजक तोकेर छानबिनका लागि पठायो । ओलीले छानबिन पनि गरे, तर प्रतिवेदन सार्वजनिक भने गरेनन् । 

उक्त दुर्घटनाका एकमात्रै साक्षी जीप चालक अमर लामालाई दोषी ठहर गर्दै जेलसमेत हालियो । उनी जेलबाट छुटेपछि कीर्तिपुरमा गोली हानी उनको हत्या भयो र दासढुङ्गा दुर्घटनाको च्याप्टर करिब–करिब क्लोज नै गरियो । 

यसै सम्बन्धमा मदन भण्डारीको स्मरण र दासढुङ्गा दुर्घटनाको सम्बन्धमा तत्कालीन एमालेका नेताराधाकृष्ण मैनालीसँग रातोपाटीले कुराकानी गरेको छ । उनकै शब्दमा मदन भण्डारीको जीवनशैली, चिन्तन, दासढुङ्गा दुर्घटनाको कारण र कारक आदि विषयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

मदन भण्डारीलाई सुरक्षा खतरा थियो

दासढुङ्गा दुर्घटना मेरो दिमागमा बारबार आइरहने घटना हो । जब–जब देशमा राजनीतिक सङ्कट, राष्ट्रियताको सङ्कट अथवा शासन सत्तामा जाने साथीहरुको वुद्धि र हुटहुटी देख्दा म मदनजीलाई सम्झने गर्छु । र, मदनजीलाई सम्झने बित्तिकै मलाई दासढुङ्गा पनि सम्झना आउँछ ।
 
दासढुङ्गा दुर्घटनाकै वरिपरी दुई चार महिना यता मैले एकदुई स्थानबाट खासगरी कुटनीतिक क्षेत्रबाट मदनजीको सुरक्षाको विषयलाई लिएर चासो राख्नुपर्छ भन्ने सन्देश र संकेत पाएको थिएँ । मैले यो कुरा मदनजीलाई भनेको पनि हो । काठमाडौँमा एक्लै हिँड्ने वा काठमाडौं बाहिर जाँदा पनि साधारण रुपले हिँड्ने यो परिपाटी छाडौँ भनेर भनेको थिएँ । उहाँ पोखरा जानुभन्दा अगाडि अर्थात् दासढुङ्गाको दुई दिन अगाडि पनि मैले यो कुरा उहाँलाई भनेको थिएँ । दुई चार जना साथीहरु पनि लिएर जानुहोस् । साथीहरु आफ्नै खर्चमा पनि सहभागी हुन्छन् । यसले तपाईंलाई साथी र सुरक्षा दुवै हुन्छ भनेर मैले भनेको थिएँ । 


पार्टीको कार्यालय बागबजारमा थियो र उहाँ भाटभटेनी नजिकै बस्नुहुन्थ्यो । कहिलेकाहीँ त उहाँ हिँडेर नै डेरामा समेत जाने गर्नुहुन्थ्यो । उहाँलाई सुरक्षा खतरा त थियो नै तर पनि सुरक्षाका सम्बन्धमा उहाँले लापरवाही भने गर्नुभएकै हो । किनभने उहाँको संस्कार नै सामान्य जीवनयापन गर्ने र रजगज नदेखाउने प्रकृतिको थियो । कम्युनिष्ट नेता भएको कारणले सामान्य व्यवहारमा जाने र रजगज नदेखाउने उहाँको जुन संस्कार हो, एउटा कम्युनिष्ट नेताको रुपमा त त्यो एकदमै उचित संस्कार थियो, तर त्यो संस्कारले उहाँलाई सुरक्षित हुन दिएन । सुरक्षाका सवालमा उहाँ अलि बढी गम्भीर हुनुपथ्र्यो तर उहाँ गम्भीर हुनुभएन र उनको हत्या भयो ।


तर मैले त्यसोभन्दा उहाँले बढो नमीठोरुपमा दुत्कार्नु हुन्थ्यो । वास्तवमा कम्युनिष्ट नेताले भीडभाड, भड्काउ गरेर, लावालस्कर लगाएर सवारी चलाएर हिँड्नुहुँदैन, यो कम्युनिष्ट आचरण होइन भनेर भन्नुहुन्थ्यो । सामान्यरुपले जाने, सामान्यरुपले नै कार्यक्रम सक्ने र हिँड्ने हो भन्नुहुन्थ्यो उहाँ । सुरक्षाको चिन्ता गरेर हुँदैन भन्नुहुन्थ्यो । सुरक्षाका सम्बन्धमा सजग हुन मैले धेरैपटक भने, तर उहाँले मेरो कुरा खारेज गरिरहनुभयो र मान्नुभएन । 

मैले पहिले पनि कुरा गर्दा कम्युनिष्ट नेताले हाइफाई गर्ने, शान देखाउने, बुर्जुवा नेताको जस्तो अगाडि–पछाडि गाडीको लावालस्कर लगाएर हिँड्ने जस्ता कुराको उहाँ बिरोध गर्नुहुन्थ्यो । सामान्य लुगा लगाउने, सामान्य खाना खाने, सामान्य कोठामा बस्ने र सामान्य साइकल चढेर हिँड्ने उहाँको बानी थियो । अलि भीड भएको समयमा मात्रै उहाँ त्यो गाडी प्रयोग गर्नुहुन्थ्यो । त्यो पार्टीको त्यो गाडी पनि उहाँ साथीहरुलाई पार्टी कार्यालयबाट घर पुर्याउन मात्रै प्रयोग गर्नुहुन्थ्यो ।

पार्टीको कार्यालय बागबजारमा थियो र उहाँ भाटभटेनी नजिकै बस्नुहुन्थ्यो । कहिलेकाहीँ त उहाँ हिँडेर नै डेरामा समेत जाने गर्नुहुन्थ्यो । उहाँलाई सुरक्षा खतरा त थियो नै तर पनि सुरक्षाका सम्बन्धमा उहाँले लापरवाही भने गर्नुभएकै हो । किनभने उहाँको संस्कार नै सामान्य जीवनयापन गर्ने र रजगज नदेखाउने प्रकृतिको थियो । कम्युनिष्ट नेता भएको कारणले सामान्य व्यवहारमा जाने र रजगज नदेखाउने उहाँको जुन संस्कार हो, एउटा कम्युनिष्ट नेताको रुपमा त त्यो एकदमै उचित संस्कार थियो, तर त्यो संस्कारले उहाँलाई सुरक्षित हुन दिएन । सुरक्षाका सवालमा उहाँ अलि बढी गम्भीर हुनुपथ्र्यो तर उहाँ गम्भीर हुनुभएन र उनको हत्या भयो ।

मलाई याद छ, उहाँ काठमाडौंबाट एक महिने कार्यक्रम लिएर विभिन्न जिल्ला जाने तयारीमा हुनुहुन्थ्यो । त्यसैका क्रममा दुई दिन पोखरामा रहनुभएको थियो । मदन जीसँग त्यो कार्यक्रममा जाने व्यक्ति पहिले अर्कै व्यक्ति रहने कुरा थियो । तर जीवराज आश्रीतजीले अलि जोडबल गर्नुभएको कारण मदनजीले उहाँलाई लिएर जानुभएको हो । खासमा जीवराजजीले चुनाव हार्नुभएको थियो, यद्यपि उहाँ माथिल्लो सदनमा जाने तयारीमै हुनुहुन्थ्यो । त्यसैका लागि मदनजीलाई कन्भिन्स गर्न सकिन्छ कि भन्ने मनसायले उहाँ पनि मदनजीसँगै जानुभएको थियो । यद्यपि मदनजी भने जीवराजलाई नभएर मोहनचन्द्र अधिकारीलाई माथिल्लो सदनमा लैजाने सोचमा हुनुहुन्थ्यो । तर मदनजीलाई कन्भिन्स गर्न सकिन्छ कि भन्ने सोचेर आश्रितजी मदनजी सँगै जानुभएको हो भन्ने मलाई आभास हुन्छ । उहाँहरु सँगै त जानुभयो, तर सुरक्षाका सम्बन्धमा उहाँहरुले ध्यान दिनुभएन र त्यो दुर्घटना भयो । 


अहिले यत्रो चर्चा भएको छ, कालापानी वा लिपुलेकको सम्बन्धमा । जब ब्रिटिससँग सुगौली सन्धी भयो, १८१६ मा । जहाँ काली नदिलाई सिमा नदी भनेर मानिएको थियो, तर त्यहाँ स्तम्भ गाडिएन र अहिलेसम्म पनि स्तम्भ गाडिएको छैन । महाकाली सन्धीका बेलामा पहिले सीमा निश्चित गरेर स्तम्भ गाडेर कुन क्षेत्रबाट बढी पानी आउँछ, त्यही क्षेत्रका मानिसको हक बढी हुने भन्ने सम्बन्धमा कुरा उठेको थियो । तर मदनजी नहुनुभएको बेलामा माधवजी र ओलीजीले त्यो कुरालाई लिँदै लिनुभएन । यदि मदन थिए भने महाकाली सम्झौता पनि यसरी हुने थिएन भन्ने कुरा बारबार आउने गर्दछ ।


तस्विर : फ्लिकर

टनकपुर सम्झौताको विरोध गरेपछि तारो बने

मदनजीले टनकपुर सम्झौताको व्यापक बिरोध गर्नुभएको थियो । गिरिजाबाबुले टनकपुर सम्झौता गरेलगत्तै तत्कालीन एमालेले त्यसको धेरै विरोध गर्यो र काँग्रेसभित्रै पनि त्यसको विरोध भइरहेको थियो । महाकालीको पानी र बिजुलीको भाग हामीले पाउँदै नपाइ सामान्य हिसाबले नै समझदारी हुने काम गलत भयो, यसले देशको हित गर्दैन भनेर उहाँले आन्दोलन नै सुरु गर्नुभयो । उहाँकै नेतृत्वमा भएको आन्दोलनमा हामी सबै लाग्यौँ । यदि मदनजी भएको भए पछि माहाकाली, पञ्चेश्वर लगायतका सन्धी जसरी भयो त्यसरी नै हुन्थ्यो भन्ने मलाई लाग्दैन । 

मदन भण्डारी थिए भने महाकालीमा सीमा स्तम्भ हुन्थ्यो

अहिले यत्रो चर्चा भएको छ, कालापानी वा लिपुलेकको सम्बन्धमा । जब ब्रिटिससँग सुगौली सन्धी भयो, १८१६ मा । जहाँ काली नदिलाई सिमा नदी भनेर मानिएको थियो, तर त्यहाँ स्तम्भ गाडिएन र अहिलेसम्म पनि स्तम्भ गाडिएको छैन । महाकाली सन्धीका बेलामा पहिले सीमा निश्चित गरेर स्तम्भ गाडेर कुन क्षेत्रबाट बढी पानी आउँछ, त्यही क्षेत्रका मानिसको हक बढी हुने भन्ने सम्बन्धमा कुरा उठेको थियो । तर मदनजी नहुनुभएको बेलामा माधवजी र ओलीजीले त्यो कुरालाई लिँदै लिनुभएन । यदि मदन थिए भने महाकाली सम्झौता पनि यसरी हुने थिएन भन्ने कुरा बारबार आउने गर्दछ ।

मदनको सोच राष्ट्रिय हितमा केन्द्रीत 

उहाँ कम्युनिष्ट पार्टीको नेता त हुँदै हो, तर उहाँको चिन्तन सिद्धान्त भन्दा पनि राष्ट्रलाई माथि राख्ने प्रकृतिको थियो । राष्ट्रलाई माथि उठाउने ठाउँमा माक्र्सवादको प्रयोग गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । देशलाई स्वाधीन र आर्थिकरुपले समुन्नत राष्ट्र बनाउनुपर्छ भन्ने उहाँको आकांक्षा थियो । उहाँ पार्टी र संसदको नेता भइकन पनि आर्थिकरुपले जीवनमा प्रभाव पार्नुपर्छ भन्ने सोच उहाँमा थिएन । राजनीतिक प्रभावले व्यक्तिगत फाइदा लिनु हुँदैन भन्ने सोच र आदर्श उहाँमा थियो । तर अहिले त्यो खालको नेता मैले देखेकै छैन ।

अरुको कुरा ध्यानपूर्वक सुन्नुहुन्थ्यो 

उहाँको अर्को सकारात्मक पक्ष के हो भने बैठकमा पनि उहाँ आफ्नो कुरा राखिसकेपछि अरुको कुरा पनि बढो ध्यानपूर्वक सुन्नुहुन्थ्यो । बैठकमा आफ्नै जति आलोचना आएपनि उहाँ गम्भीरतापूर्वक सुन्नुहुन्थ्यो । सुनिसकेपछि पछि त्यसको स्पष्टीकरण दिने वा जवाफ दिने क्रममा पनि यदि आफूले भन्दा फरक कुरा कसैले गरेमा पनि यदि त्यो उहाँलाई सही लाग्यो भने उहाँ त्यो कुरालाई सही भन्ने र अनुसरण गर्ने काम गर्नुहुन्थ्यो । उहाँ १ सय ८० डिग्रीमा फर्किएर पनि निर्णय गर्न सक्ने क्षमता र धैर्यता भएको व्यक्ति हो । 

एकपटक कुनै एउटा विषय थियो, त्यो विषयमा एमालेको फरक मत थियो । तर जब उहाँ काँग्रेसका नेताहरुलाई भेटेर आउनुभयो, त्यसपछि आफ्नो बुझाई गलत रहेछ भन्दै काँग्रेसकै एजेण्डामा सहमत हुँदै वैठकमै त्यो कुरा राख्नुभयो । त्यसकारण उहाँको राम्रो पक्ष भनेको के हो भने आफू बिरोधी पक्ष भएपनि यदि कुरो सही छ वा उहाँलाई सही लाग्यो भने त्यसलाई समर्थन र अनुसरण गर्ने बानी थियो । तर तत्कालीन समयमा कुनै एमाले नेताको पनि त्यो क्षमता र धैर्यता थिएन । माधवजीमा त्यो क्षमता छैन, केपीमा त अलिकति पनि छैन र सिपीमा पनि त्यो क्षमता थिएन र छैन । उहाँको अर्को राम्रो बानी के थियो भने कुनै कुरामा विवाद भयो भने त्यो विवाद स्थगित गरेर वा त्यो एजेण्डा नै स्थगित गरेर फेरि हार्दिकता र मित्रता कायम गर्न सक्ने व्यक्ति हो उहाँ । 


मलाई यहाँका केही राजनीतिक दलका नेताहरु, साना दलका नेताहरु र मुख्यत केही कुटनीतिक नियोगका प्रमुखहरुले मदनको ज्यानलाई खतरा भएको कुरा बताएका थिए । नाम त बिर्सिएँ, तर मलाई उत्तर कोरियाका राजदूतले दुई तीन पटक नै मदनको सुरक्षामा ध्यान दिनुहोस् भनेर भनेका थिए । मैले यो सूचना कहाँबाट आयो भनेर त उहाँलाई सोधिनँ, तर उहाँले पटकपटक यो कुरा मलाई सम्झाउनु भएको थियो ।


एक राष्ट्रवादी नेता

उहाँका सबै विचार, राष्ट्रिय चिन्तन र राष्ट्रवादी सोच नेपालका लागि अति आवश्यक र जरुरी थियो, त्यही राष्ट्रिय चिन्तन र राष्ट्रवादी सोचका कारण त उहाँ दासढुङ्गामा पर्नुभयो । अनि देशले यो दुर्गती भोग्नु परिरहेको छ । मलाई अहिले पनि के लागिरहेको र खड्किरहेको छ भने यदि मदनजीको उपस्थिति हुन्थ्यो भने देशले पूरै कोल्टे फेर्न सक्थ्यो । हुन त देशै उल्टन सक्थ्यो, कायापलट हुन सक्थ्यो भन्ने कुरा धेरैले मान्दैनन्, तर एउटा व्यक्तिको भूमिकाले नै देशलाई साह्रै राम्रो स्थानमा पुराउन सक्छ र त्यो सम्भावना थियो भन्ने कुरा मदनजीको चिन्ता र चिन्तनबाट मैले त्यो सम्भावना देखेको थिएँ । किनभने उहाँ भइरहेको भए उहाँको अभियानले अरु थुप्रै अभियन्ताहरु जन्माउन सक्ने अवस्था थियो । तर राम्रो नेता नहुँदा अभियान पनि गलत ठाउँमा जाने रहेछ र गलत दिशाले देश, जनता र राष्ट्रिय छविलाई नै गलत स्थानमा पुर्याउने रहेछ भन्ने कुरा मैले अहिले अनुभव गरिरहेको छु । उहाँ नभएको खड्को मलाई अहिले पनि खड्किरहेको छ ।

अहिलेका नेकपाका नेताहरु सत्ता केन्द्रीत

विचारिकरुपले मदनजीले जुन पार्टी बनाउनुभयो, अहिलेका नेताहरु त्यो स्थानमा छँदै छैनन् । उहाँजस्तो राष्ट्रवादी नेता अहिले कहाँ पाउनु ? अहिले त कसरी सत्तामा टिक्ने भन्ने सोच भएका नेताहरुले नेकपा कब्जा गरेका छन्, अनि कसरी उहाँको अभियानले सार्थकता पाउँला ? 

बाहिरी हिसाबले हेर्दा उहाँको उत्तराधिकारी पार्टी त अहिलेको नेकपा नै हो, तर राजनीतिक हिसाब र चिन्तनको हिसाबले भन्ने हो भने मदनको पार्टीको नेतृत्व अहिलेको नेकपाले गर्दैन । त्यसकारण मदनको नीति र विचार अनुसरण नगरेकै कारण देशले यो दुर्गति भोग्नुपरेको छ र यिनै कुराहरुलाई लिएर म मदनलाई स्मरण गर्छु ।

तस्विर : फ्लिकर

उत्तर कोरियाली राजदूतले दिएका थिए सुरक्षा खतराको सूचना

मलाई यहाँका केही राजनीतिक दलका नेताहरु, साना दलका नेताहरु र मुख्यत केही कुटनीतिक नियोगका प्रमुखहरुले मदनको ज्यानलाई खतरा भएको कुरा बताएका थिए । नाम त बिर्सिएँ, तर मलाई उत्तर कोरियाका राजदूतले दुई तीन पटक नै मदनको सुरक्षामा ध्यान दिनुहोस् भनेर भनेका थिए । मैले यो सूचना कहाँबाट आयो भनेर त उहाँलाई सोधिनँ, तर उहाँले पटकपटक यो कुरा मलाई सम्झाउनु भएको थियो । दासढुङ्गा दुर्घटना हुनुहुन्दा तीन चार महिना अगाडिदेखि ती राजदूतले मलाई पटकपटक यो कुरा भनेका थिए । मैले पनि मदनजीलाई सुरक्षा चिन्ताको कुरा गर्थँे, तर उहाँ कम्युनिष्ट पार्टीको नेताले लावालस्कर सुरक्षा लिएर हिँड्न हुँदैन भन्ने सोचमा हुनुहुन्थ्यो र मान्नुभएन । अनि ज–जसले जे–जे आशंका गरेका थिए, त्यही आशंका नै नियतिमा परिणत भयो र देशलाई ठूलो नोक्सानी भयो । 


हाम्रो देशको इतिहासमा राष्ट्रवादी छविका नेताहरुले आकार लिएर अगाडि जान पाएका छैनन् । उनीहरु विभिन्न विदेशी गतिविधिको शिकार हुँदै आएका छन् । मदनको पनि नियति त्यही नै हो । मलाई लाग्छ उहाँको राष्ट्रवादी छविले देशभित्र र बाहिर सबैतिर आतंकित भए । तर मलाई के लाग्छ भने देशभित्रका भन्दा पनि देश बाहिरका मानिसहरु बढी आतंकित भए भन्ने लाग्छ । 


विदेशी तत्त्वबाट नै बढी खतरा थियो मदनमाथि

म यसै त भन्न सक्दिनँ । तर देशभित्र र देशबाहिर दुबै तिरको गठजोडबाट यो दुर्घटना गराइयो भन्ने मलाई लाग्छ । किनभने उहाँको दुर्घटना वा हत्या राष्ट्रवादी आन्दोलनसँग जोडिएको छ । हेर्नुभयो भने टंकप्रसाद आचार्य राजा मान्दा मान्दै पनि देशको हित चाहने नेता थिए । तर उनी कम्युनिष्ट नभएकै कारण काण्डमा पर्नुपरेन र राजनीतिक जरो हटाएर निस्क्रिय हुने स्थानमा पुराइए । त्यसो त विपि पनि देशको राष्ट्रवादी नेता हुन् । राष्ट्रवादी भएको तर कम्युनिष्ट नभएको कारणले नै विपी सत्ताबाट फुत्किए पनि दुर्घटनामै परेर ज्यान नै जाने ठाउँमा चाहिँ पुग्नुभएन ।

राष्ट्रवादी नेता अगाडि जान सकेका छैनन्

हाम्रो देशको इतिहासमा राष्ट्रवादी छविका नेताहरुले आकार लिएर अगाडि जान पाएका छैनन् । उनीहरु विभिन्न विदेशी गतिविधिको शिकार हुँदै आएका छन् । मदनको पनि नियति त्यही नै हो । मलाई लाग्छ उहाँको राष्ट्रवादी छविले देशभित्र र बाहिर सबैतिर आतंकित भए । तर मलाई के लाग्छ भने देशभित्रका भन्दा पनि देश बाहिरका मानिसहरु बढी आतंकित भए भन्ने लाग्छ । 

किनभने सुरुमा राजा वीरेन्द्रलाई भेट्न उहाँले चासो नै राख्नुभएन । दरवार तिरबाट निकै चासो राखेपछि उहाँ एकपटक भेट्न जानुभयो र करिब २ घण्टा भेटेर आउनुभयो । पहिले गणतन्त्रको कुरा गर्नुहुने भण्डारीले त्यो भेटपछि बाहिर आएर के भन्नुभयो भने राजा यो देश र जनताको हितमा रहनुभयो भने राजा रहन्छन्, होइन भने जनता आफैले राजा फाल्नेछन् । उनले राजाको बारेमा अहिले नै त्यति धेरै चिन्तित भएर जाइ लागि हाल्नुपर्ने स्थिति होइन, राजालाई संविधानकै दायराभित्र राख्नुपर्छ भनेर प्रष्ट रुपमा भन्नुभयो । र, २०४७ सालको संविधानमा पनि त्यही भएर संवैधानिक राजतन्त्रको कुरा गरिएको थियो । त्यसपछि गणतन्त्रको मुद्दा केही ओझेल हुँदै आएको थियो । 


मदनजीको दुर्घटनामा मृत्यु भएपछि माधवजी पावरमा आउनुभयो । माधवजी कै हाली मुहालीमा उनले केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको जिम्मा दिनुभयो । एक सदस्यीय किन बनाइयो त्यो पनि स्पष्ट खुलाइएन । मलाई लाग्छ माधवजीकै एकल निर्णयले एक सदस्यीय समिति बनाइयो । 


विदेशी सहयोग लिएर आन्दोलन गर्नुहुन्न भन्थे मदन

२०४६ सालको आन्दोलन सुरु भएपछि पाटनमा तत्कालीन मालेको भूमिगत भेला भएको थियो । त्यतिबेला केही नेताहरुले भारतको सहयोग ल्याएर गणतन्त्र स्थापना गर्ने कुरा गरेका थिए । तर मदनले अहिले भारत वा चीनको सहयोग लिएर गणतन्त्र ल्याउने कुरा गर्नुहुँदैन, त्यो हामी आफैलाई घातक हुन्छ भन्दै त्यसको विपक्षमा बोलेका थिए । त्यसकारण उहाँको राष्ट्रिय सोचको बिरोधी शक्तिहरु उहाँको विरुद्धमा लागे र उनीहरु लागेकै कारणले दासढुङ्गा दुर्घटना घट्यो भन्ने मलाई लाग्छ । 

दासढुङ्गा दुर्घटना नभएर योजनाबद्ध हत्या

दासढुङ्गा दुर्घटना नभएर योजनावद्ध गतिविधि नै हो । योजनाबद्ध नै हो भन्ने त अहिलेको विकसित घटनाक्रमले पनि पुष्टी गर्छ । यदि त्यो योजनाबद्ध थिएन भने दुर्घटनापछि जेल बसेर निस्किसकेका अमर लामालाई पछि किन मारियो । उनी मारिनु पर्ने अरु कुनै कारण त थिएन । प्रमाण भने त्यही एकजना अमर लामा थिए, उनलाई पनि मारिसकेपछि त सबै कुरा सकियो नि । त्यसकारण यी तमाम सत्यहरुले मदन भण्डारीको दुर्घटना वास्तवमा दुर्घटना नभएर योजनाबद्ध हत्या थियो भन्ने मेरो बुझाइ हो । नत्र घटनाको १० वर्षपछि जेलबाट निस्किएका चालकलाई किन मारियो त ?  

एमालेकै आन्तरिक छानबिनबारे
त्यतिबेला मदनजीको दुर्घटनामा मृत्यु भएपछि माधवजी पावरमा आउनुभयो । माधवजी कै हाली मुहालीमा उनले केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको जिम्मा दिनुभयो । एक सदस्यीय किन बनाइयो त्यो पनि स्पष्ट खुलाइएन । मलाई लाग्छ माधवजीकै एकल निर्णयले एक सदस्यीय समिति बनाइयो । 

ओलीजीले कसरत नै नगरेको त मलाई पनि लाग्दैन । उहाँले कसरत त गर्नुभएकै हो । उहाँ ८–१० दिन व्यस्त भएर विभिन्न व्यक्तिहरुसँग कुराकानी गर्दै हिँड्नुभयो । तर त्यो घटनाको टेक्निकल र पोलिटिकल कुराको कन्सेप्ट बनाउने कुरामा पुगिसकेपछि उहाँले रिपोर्ट नै बुझाउनु भएन । पद्मरत्न तुलाधरको नागरिक समाजको प्रतिवेदन, तत्कालीन सरकारी समतिकिो प्रतिवेदन, तत्कालीन न्यायाधीशको प्रतिवेदन सबै आएपछि ओलीजीले रिपोर्ट नै बुझाउनु भएन । 

मलाई के लाग्छ भने उहाँले छानबिन गरिसकेपछि जे बुझ्नुभयो उहाँले रिपोर्ट बुझाउनु भन्दा नबुझाउनुमै फाइदा देख्नुभयो । किनभने उहाँ सुरुदेखि नै राष्ट्रवादी मान्छे त होइन, यो धेरै खोतल्यो भने यो खतरा म माथि नै आइपर्छ भन्ने बुझ्नुभयो होला, त्यसकारण उहाँले त्यो रिपोर्ट नै दिनुभएन । आज दिन्छु भन्नुभयो, भोलि दिन्छु भन्नुभयो तर कहिल्यै दिनुभएन । पछि आन्दोलन भयो के के भयो र त्यो आयोग नै खारेज जस्तै भयो । 

मलाई के लाग्छ भने उहाँले के देख्नुभयो भने अब मदन त हुनुहुन्न, पार्टीमा कसरी अगाडि आउने र फाइदा लिने भन्दै उहाँ माहाकाली सन्धीको पक्षमा लबिङ गर्न थाल्नुभयो । त्यसपछि नेता हुने बाटोको पूर्वाधार तयार गर्नतिर थाल्नुभयो । भारतलाई रिझाइएन भने सत्तामा पुग्न सकिँदैन भन्ने बुझेर सबैतिर घाटा हुँदा पनि जस्ताको तस्तै माहाकाली सन्धी गर्न तयार हुनुभयो । भारतलाई रिझाउँदा मात्रै नेता बन्न सकिन्छ भन्ने बुझेपछि उहाँ त्यतै लाग्नुभयो । नेता बन्नका लागि गुट चाहिने र आर्थिक स्रोत चाहिन्छ र आर्थिक स्रोत यस्तै क्षेत्रहरुबाट आउने भएपछि उहाँ त्यतैतिर लाग्नुभयो । अनि दासढुङ्गाको प्रतिफल नेता हुने बाटोतिर अग्रसर हुनुभयो भन्ने नै मेरो विश्लेषण हो । 


मलाई त्यो फाइल अब खुल्छ भन्ने लाग्दैन । दासढुङ्गाको मुद्दा लिएर नै अहिले धेरैले फाइदा लिइरहेका छन् । विद्यादेवी भण्डारी पार्टीको उपाध्यक्ष हुँदै अहिले राष्ट्रपति नै हुनुभएको छ । छानबिन समितिका संयोजक केपी ओली नै अहिले प्रधानमन्त्री हुनुभएको छ । यति शक्तिमा हुँदा पनि गर्न नसक्ने काम अरु कसैले गर्न सक्दैन । मदन भण्डारीको हत्याबाट कसैले सबैभन्दा बढी फाइदा लिएको छ भने त्यो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली नै हन् ।  


जसले मदन भण्डारी हत्याको षडयन्त्र रचे, उनैले लामाको हत्या गरे 
अमर लामा जेलबाट छुटेर आए । त्यसपछि उनलाई कीर्तिपुरमा गोली हानेर मारियो । तत्कालीन समयमा उनलाई माओवादीले गोली हानेर मारियो भनियो । तर मलाई जसले मदन भण्डारीको हत्याको षडयन्त्र बनाए, त्यही समूहले नै लामाको हत्या ग-यो भन्ने लाग्छ । किनभने माओवादीले हत्या गरेको अवस्थामा ढिलो वा चाँडो स्वीकार गरेको देखिन्छ । तर यो घटनामा माओवादीले स्वीकार गरेको छैन । त्यसकारण मलाई के लाग्छ भने जुन समूहले मदनको हत्या गराएको थियो, त्यही समूहले नै लामाको हत्या गरायो र सबै प्रमाण नष्ट ग¥यो । बाहिर देखाउन माओवादीले हत्या गरियो भनेपनि खासमा दासढुङ्गा दुर्घटनाको षडयन्त्र जसले रच्यो, उसैले अमर लामाको पनि हत्या गरायो भन्ने लाग्छ । 

अमर लामाको हत्या दासढुङ्गा दुर्घटनासँग प्रत्यक्ष सम्बन्ध 
माओवादीको केन्द्रीय नीति लामाको हत्या गर्ने थिएन भन्ने मलाई लाग्छ । तर स्थानीय स्तरका कार्यकर्ताले मारेको भए थाहा भएन । 

कतिपयले मदन भण्डारीको हत्यामा राजदरवारको हात थियो पनि भन्छन् तर मलाई चाहिँ त्यस्तो लाग्दैन । किनभने राजाको सम्बन्धमा उहाँ सफ्ट भइसक्नुभएको थियो । त्यसकारण राजदरवारबाटै षडयन्त्र भयो भन्ने मलाई लाग्दैन । त्यतिबेला पनि दरवारतिरै शंका गरेर आन्दोलन पनि नभएको होइन । तर मलाई दरवारको हात थियो भन्ने लाग्दैन ।

मदनको दुर्घटनाबाट बढी फाइदा विद्या भण्डारीलाई
मलाई त्यो फाइल अब खुल्छ भन्ने लाग्दैन । दासढुङ्गाको मुद्दा लिएर नै अहिले धेरैले फाइदा लिइरहेका छन् । विद्यादेवी भण्डारी पार्टीको उपाध्यक्ष हुँदै अहिले राष्ट्रपति नै हुनुभएको छ । छानबिन समितिका संयोजक केपी ओली नै अहिले प्रधानमन्त्री हुनुभएको छ । यति शक्तिमा हुँदा पनि गर्न नसक्ने काम अरु कसैले गर्न सक्दैन । मदन भण्डारीको हत्याबाट कसैले सबैभन्दा बढी फाइदा लिएको छ भने त्यो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली नै हुन् ।  #मदन भण्डारी#राधाकृष्ण मैनाली

साभार रातोपाटि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation