सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

तौलिहवा, ३ जेष्ठ
पछिल्लो समय सेवारत सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिए सगै सुरक्षाकर्मीमा जोखिमको दायरा बृद्धि भएको छ । कोरोनाको संक्रमणका रोक्न गरिएको लकडाउनको प्रभावकारी कार्यान्वयनमा खटिएकै कारण सुरक्षाकर्मी संक्रमणको प्रत्यक्ष जोखिममा रहेका छन ।

कोरोना संक्रमणको जोखिममा रहेका सुरक्षाकर्मीलाई तौलिहवा उद्योग बाणिज्य संघले माक्स, ग्लोब्स र सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी र कोषाध्यक्ष संदिप कुमार श्रीवास्तवले शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई करिब ५० हजार मुल्यका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

संघले वडा प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरिक्षक रमेश गुरुङ्गलाई ५० थान माक्स, ४० बोटल सेनिटाईजर र ३ सय ५० सेट ग्लोव्स प्रदान गरेको हो । त्यसै गरि शसस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका तर्फबाट कारागार सुरक्षा गुल्मका शसस्त्र प्रहरी नायब उपरिक्षक भुवन अर्याललाई २ सय थान माक्स, ५० बेटल सेनिटाईजर र ३ सय सेट ग्लोब्स दिईएको संघका कोषाध्यक्ष संदिप कुमार श्रीवास्त्वले जानकारी दिए ।

संघले यस अघि पनि सुरक्षा निकायका लागी प्रजिअ मार्फत ३ सय ५० पिस सर्जिकल माक्स हस्तान्तरण गरेको तौलिहवा उद्योग बाणीज्य संघका अध्यक्ष गयादिन कुर्मीले जनाए । “यो माहामारीका बेला दिनरात सुरक्षामा खटिएका सुरक्षाकर्मीको जोखिमको अवस्था मध्यनजर गरि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हौ ।” कुर्मीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation