नेपाली भूमिमाथि भारतिय दादागिरी कहिलेसम्म ?


नविन शर्मा
कोरोनाको माहामारीको संङकटको वेला भारतले नेपाली भुमि माथि हस्तक्षेप गरेको छ । नेपालको भारतसग सिमा जोडिएको २६ जिल्लामध्ये २१ जिल्लाको ५४ स्थानको ६०,००० हेक्टर नेपाली भूमिमा अतिक्रमण वादविवाद , झैझमेला परेको देखिन्छ । यस मध्ये सबैभन्दा बढि विवाद देखिने क्षेत्र कालापानी , लिम्पियाधुरा हो । यसको क्षेत्र (३७,००० हेक्टर) रहेको पाइन्छ ।
सन १९६२ देखि भरतिय सेना सो क्षेत्रमा कब्जा जमायर बसेको छ । चिन र भारत विच भएको युद्धमा पराजित भएर भाग्दै अउदा रणनीतिक महत्वको सो ठाउमा वसेको भारतिय सेना राख्न दिने तत्कालिन नेपाली शासकहरु यसका प्रमुख जिम्मेवार हुन । विगतका शसकहरुले गरेको यो गद्धारी सच्याउन राष्ट्रवादी कम्युनिष्टहरुलाई समेत फलामको चिउरा चपाउनु सरह देखिएको छ । नेपाल र भारत बिच सिमा विवाद पटक —पटक भैरहेको पाइन्छ । भारतले वारम्वार नेपाली भुमि माथि आक्रमण गरिरहेको छ । तर यसको कुटनितिक पहल भएता पनि कुनै निष्कर्ष को बाटो भने तय भयको छैन आजसम्म ।


सुगोली सन्धिको धारा ५मा भनिएको छ नेपाली भुभाग भन्ने आधार त्यस धारामा भनिएको छ नेपालका राजा महाराजा तिनका उत्तराधिकारी सन्तान , दरसन्तानले काली नदीपारी पश्चिमका जनतासँग सम्पर्क गर्न पाउनेछैनन् भनिएको छ । भनेपछि यो कुराले पनि पुष्ठि गर्छ नेपालको पश्चिमी सीमा काली नदी हो भनेर ।
त्यसैगरी माहाकाली नदी कुन हो भन्ने कुरा चाहीँ ब्रिटिश सर्भेअर अफ इन्डियाको सन १८२७ मा गढवाल , कुमाउ नाम दिएर एउटा नक्सा बनाइएको छ त्यस नक्सामा लिम्पियाधुुरा बाट निस्किएको नदीलाई काली भनेर प्रस्ट सगँ उल्लेख गरिरहेको् छ । त्यो नदी वाट पुर्व तर्फ कालापानी छ यो क्षेत्रले के देखाउछ भने लिपुलेक कालापानी सवै ठाउ नेपालको एउटा भुभाग हो भनेर प्स्ट रुपमा देखाइएको छ । त्सैगरी सन १८५६ मा भारतको सर्वेक्षण विभागले नै प्रकाशित गरेको नक्सामा शीर्षक नै नेपाल एन्ड कन्ट्रीज एड्जोइनिङ टु दि साउथ , वेस्ट एन्ड इस्ट कम्पाइन्ड इन द अफिस अफ सभेर्यर जेनरल अफ इन्डिया मा लेखिएको छ । त्यो नक्साको नोट नम्बर ३ मा जङ्गबहादुरले नेपाली हातेकागजमा वनाएको नक्साको विवरणमा पनि लिम्पियाधुरा वाट निस्किएको काली नदी नेपालकै भुभाग हो भनेर उल्लेखित गरिएको छ ।
राष्ट्र«को सिमा भनेको एउटा संम्वेदनशील कुरो हो । देशको सानो तिनो भाग मिचिदै गयो भने कुनै दिन हामि नेपाली जनता विदेशी वासिन्दा हुन पुग्दछौ । अलि ( अलि गरी मिचिदै गएमा देश नै विखण्डन हुन समय लाउदैन । अन्तत ः सरकारले तत्काल दुवै देशबिच सिमा समाधान उपाय निस्कासन गर्नुपर्ने हुन्छ अथवा आपसी समझदारी वाट समाधान गर्नुपर्न हुन्छ । तर आपसी समझदारी हुन नसके विवाद चर्कदै गयो भने तत्काल आफ्नो देशको रक्षाको लागि स¬¬ंयुत्तm राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय अदालत मा जानुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation