भोजपुरी गायक मृत अवस्थामा फेला

ताैलिहवा, जेठ ३

कपिलवस्तुको बुद्धभूमी नगरपालिका– ६ महुवामा शनिवार मध्यान्नमा एक युवा मृत अवस्थामा फेला परेका छन । बिहान ५ बजे घरबाट शौच गर्न गएका २२ बर्षिय दिनेश मल्लाह मृत अवस्थामा फेला परेका हुन ।

घर देखि ८ सय मिटरपुर्व तर्फ मृत अवस्थामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भोजपुरी गायक समेत रहेका मल्लाह लकडाउनको बेला घर फर्कका थिए । आधा दर्जन गीत गएमा मल्लाहको गीत हिट नभए पछि निराश बनेको स्थानीय बताउछन ।

मृतकका शरीरको कुनै चोटको निशान नदेखिएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । शवलाई कपिलवसतु अस्पालमा पोस्टमार्टम गरी परिवारलाई बुझाईएको उनले बताए । घटनाको अनुसंधान भईरहेको उनले बताए । निराशामा रहेको मल्लाहले बिष सेवनबाट आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation