लकडाउन बढाउने निर्णय गर्न मन्त्रीपरिषदको बैठक बस्दै

आइतबार, ०४ जेठ २०७७,

लकडाउन कुन मोडालिटीमा थप गर्ने भन्ने बिषयमा आज सरकारले निर्णय गदैछ । मन्त्रीपरिषदको बैठकले लकडाउनको बिषयमा निर्णय गर्ने बताइएको छ । चैत्र ११ गतेदेखि जारी लकडाउनको पछिल्लो पटक थपिएको समय सिमा सोमबार राती देखि सकिदैछ । लकडाउनलाई पहिला जस्तै गरी थप गर्ने , केहि खुकुलो बनाएर थप गर्ने या अझै कडा बनाउने भन्ने बिषयमा बिभिन्न सुझाबहरु आइरहेका छन । 

सरकारलाई लकडाउनको मोडालिटी परिबर्तन गर्न सुझाव आइरहेका कारण प्राप्त सुझावका आधारमा निर्णय हुने बताइन्छ । भारतमा २ साता लकडाउन थप गर्ने तयारी भइरहेका कारण त्यसैको आधारमा नेपालमा पनि निर्णय हुने भएकाले सरकारले अर्को २ हप्ता लकडाउन लम्वाउन सक्ने संभावना छ । लकडाउन मात्रै बढाएर समस्याको समाधान नहुने भन्दै परीक्षणको दायरा बढाउन माग गरिएको छ । 

कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा तिब्र देखिएको छ । एकजनाको ज्यान समेत गइसकेको छ । अहिले सम्म कोरोना संक्रमितको संख्या नेपालमा २९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  # साभार; पाटीपाैवा #

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation