अबैध फडानी गरिएको सालको २३ क्युफिठ काठ सहीत ३ मोटरसाईल बरामद

कपिलवस्तु ७ जेठ
कपिलवस्तुको बाणगंगा नगरपालिका– १० स्थित वन क्षेत्र भित्र तस्करहरुले फडानी गरको काठ सहीत ३ वटा मोटरसाईकल बरामद गरिएको छ ।
मायादेवि साझेदारी बन क्षेत्रको बहादुरपुर क्षेत्रमा साल जातको सुकेको रुख काटी ढाली टुक्रा टुक्रा परेका थिए । मोटरसाईकलमा चोरी निकासी गर्न लागेको भन्ने सुचनाको आधारमा सब डिभिजन वन कार्यालय पटनाका फरेष्टर श्री ओम वि.क.को नेतृत्वमा सशस्त्र प्रहरी समेतको टोली घटनास्थलमा पुगको थियो । गस्ती टोली देखेपछि चोर तस्करहरु फरार भएकोमा साल जातको गोलिया थान ३ को २३.९८ घन.फिट काठ र मोटर साईकल थान ३ बरामद गरी फरार अभियुक्तको खोजिका साथै थप अनुसन्धान जारी रहेको डिभिज कार्यालय कपिलवस्तुका सहयाक वन अधिकृत मदनमोहन सैन्डील्यले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation