थप ३ सय ९७ जनाको स्वाब संकलन गरी पठाइयो, कपिलवस्तुमा हाल सम्म मात्र १७ सय ३९ जनाको स्वाब सकलन

कपिलवस्तु ७ जेठ
कपिलवस्तुमा बुधवार ३ सय ९७ जनाको सवब सकलन गरी पठाईएको छ । जिल्लाका ५ पालिकाबाट स्वाब संकलन गरी पिसिआर परिक्षणकालागि ३ छुट्टा छुट्टै स्थानमा पठाईएको हो । कपिलवस्तु नपामा १ सय २१, शिवराज नपामा सय, कृष्णगन नपामा १ सय ५, मायादेबीमा ६७ र सुद्धोदनमा चार जनाको स्वाब सकलन गरिएको जिल्ला स्वाथ्थ्य कार्यालकया प्रमुख योगेन्द्र भगतले बताए । कपिलवस्तुको नगरपालिकाको भैरहवा, शिवराजको काठमाण्डौ, कृष्णगनरको भैरहवा, मायादेबीको दाङ र शुद्धोधनको भैरहवा परिक्षणकालागि स्वाब पठाइएको हो । यस्तै बुधवार मायादेबीमा १ सय ८, महाराजगंजमा ८०, शुद्धोधनमा ५० जनाको र्यापिट टेस्ट गरिएको छ । हाल सम्म जिल्लामा १७ सय ३९ जनाको स्वाब सकलन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation