नेपाली कांग्रेस कपिलवस्तुद्वारा क्वारेन्टाईनहरुकोअनुगमन

जेठ, ८

कपिलवस्तु कांग्रेस सभापति आर्चायको टोलीले जिल्लाको विभिन्न पालिकामा रहेका क्वारेन्टाईनहरुको अनुगमन गरेको छ ।
विश्वका धेरै मुलुकहरुमा महामारीको रुपमा विस्तार भइसकेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेको वर्तमान परिपेक्ष्यमा सजकता अपनाइ संक्रमण रोक्न कपिलवस्तु नेपाली कांग्रेसका सभापति सुरेन्द्रराज आचार्य, जिल्ला सदस्य माधव पराजुली, नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं. २ का क्षेत्रिय सचिव रोमलाल खनाल सहितको संयुक्त टोलीद्वारा कपिलवस्तु नगरपालिका र यशोधरा नगरपालिकाका विभिन्न वाडहरुमा रहेका क्वारेन्टाईनमा पुगी अनुगमन गरेको हो ।

क्वारेन्टाईनमा रहेका व्यक्ति तथा ठाउँको अवस्था, खाद्यान्न लगायत सबै कुराहरूको अनुगमन कार्य गरेको छ । उक्त अवस्थामा क्वारेन्टाईनमा गास, बास कपास तथा समग्र परिस्थितिको अध्ययन तथा विश्लेषण गरी दुवै स्थान नगरपालिका तथा गाउँपालिकाका सरोकारवाला निकायहरुलाई उक्त स्थानको कमजोरीलाई निराकरण गर्न समेत सुझाव प्रदान गरेको छ ।सोही अवसरमा कृषि कार्यको लागि किसानलाई मल बीउ बिजन ल्याउन भारतको सिमानाबाट सहज रुपमा ल्याउन र सहजकर्ताका रुपमा सहयोग गर्न कपिलवस्तुका जिल्ला प्रमुख जिल्ला अधिकारीलाई समेत सुझाव प्रस्तुत गरेको छ ।

वर्तमान कठिन एवं महामारीको जोखिमपूर्ण स्थितिमा निर्वाचित जनप्रतिनिधि समेत उक्त स्थानमा नपुगेको, क्वारेन्टाईनमा रहेका व्यक्तिहरूको १७/१८ दिन सम्म पनि चेकजाँच नहुनु, उक्त स्थानहरुमा खाद्यान्न लुगाकपडा, खानेपानी जस्ता समस्या रहेको र स्वास्थ्यमा खेलवाड गरेको, क्वारेन्टाईनमा बस्ने व्यक्तिलाई सान्तना, उत्साह दिन नसकेको प्रति ध्यानाआर्कषण गराएको छ ।कांग्रेस सभापति सुरेन्द्र आचार्य लगायतको टोली ति क्वारेन्टाईनमा पुगी त्यहाँ रहेका नागरिकलाई थप साहस, आशा, हौसला प्रदान गर्ने कार्य गरी निर्वाचित जनप्रतिनिधि तथा सरकारी निकायहरूलाई जिम्मेवार रही सहयोग पुर्याउन अनुरोध समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation