कपिलवस्तुमा पाेखरीमा दुई बालकको मृत्यु, रेहरा गाउँ शोकमग्न

ताैलिहवा, जेठ ९
कपिलवस्तु नगरपालिका ११ जहदीको रेहरामा माछा पोखरीमा डुबेर अढाई बर्षीय जुम्लीया बालकको मृत्यु भएको छ । बिहीबार साँझ साढे ५ बजेतिर घर देखि ५० मिटर टाढा रहेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो । वडा अध्यक्ष रामगोपाल यादवका अनुसार स्थानीय करिम शेषका जुम्लीया छोरा नसिफ र रैयानको पोखरीमा डुबेर मृत्यु भएको हो ।

दुबै जना खेल्दै पोखरीमा गएको र अकस्मात पोखरीमा डुबेका हुन् । पोखरीमा शव तैरीरहेको अवस्थामा देखेपछि गाउँमा होहल्ला भएको थियो । स्थानीयले दुबैलाई पोखरीबाट बाहिर निकालेका थिए । रमजानको बेला घरका परिवारहरू धार्मिक कार्यमा जुटीरहेको बेला ती दुई बालक पोखरीमा खेल्दा खेल्दै पुगेका थिए ।

इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक आयुष प्रसाद जोशीले घटनास्थलको मुचुल्का गरी पोष्टमार्टमका लागि तौलिहवा अस्पताल पठाईएको बताए । रमजानको बेला दूई बालकको मृत्यु भए पछि रेहरा गाउँ नै शोकमग्न भएको छ । शुक्रवार रमजानको अलबिदा नबाज पढ्ने दिन हो ।

मायादेवीबाट साभार,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation