समुदाय बिशेषलाई अपमानित गर्ने प्रस्तुती बिरुद्ध माहुरी होमको ध्यानाकर्षण

जेठ १०, तौलिहवा
समुदाय बिशेषलाई अपमानि गरि होच्याउने तथा खिल्ली उठाउने गरि “कृषि टिभि नेपाल” ले “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा गरिएको प्रस्तुती प्रति मधेश मानव अधिकार गृहको ध्यानाकर्षण भएको बताएको छ ।
संस्थाले जेठ ९ गते एक प्रेस बिज्ञप्ती जारी गर्दै “कृषि टिभि नेपाल” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रमको मिति २०७७/०२/०६ गते प्रशारण भएको एपिसोडमा प्रयोग गरिएको शब्द तथा सांकेतिक हाउभाउले मधेशी बर्गको खिल्ली उडाएको तथा मधेशी समुदायलाई अपमानित गरेको, सो प्रस्तुतिले मधेशी समुदायलाई होच्याएको लागेकोले संस्थाकोे गम्भिर ध्यानाकर्षण बताएको छ ।
बिज्ञप्ती भनिएको छ उक्त प्रस्तुती स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था भएको नेपालको संविधान २०७२ को धारा १७ को उपधारा (२) को प्रतिबन्धात्मक वाक्यांश १ र समानताको हक सम्बन्धी व्यवस्था भएको धारा १८ को उपधारा (२) र (३) मा समेत कुनै पनि वर्ग समुदायवीच प्रत्यक्ष, अप्रत्यक्ष वा सांकेतिंक रुपमा भेदभाव न गरिने व्यवस्थालाई उल्लघंन गरेको उल्लेख छ ।

संस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरद्वरा हस्ताक्षरित बिज्ञप्ती प्रशासनवाट समेत उक्त प्रशासरण उपर आपत्ति जनाईएको प्रशंसनीय भएको र भविष्यामा यस्ता कार्यक्रम कुनैपनि सञ्चार माध्यमवाट प्रशारण तथा प्रचार न होस भनी संस्थाले गरेको छ ।

साथै संचार माध्यमका विभिन्न पेज, वाल, आदिमा कुनै जात, जाति, समुदाय तथा धर्म प्रति अपमानजनक शब्द प्रयोग गरी टिका टिप्पणी भएकोमा संस्थाको ध्यानाकर्षण भएको र यस्ता कृयाक्रलाप भविष्यमा कोही कसैबाट नहोस् भन्नेमा समेत संस्थाले माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation