समाजवादी युवाका अध्यक्ष हईको रिहाईको माग गर्दै जनता समाजवादीद्वारा प्रशासन अगाडी प्रद्धर्शन


तौलिहवा, जेठ १०
जनता समाजबादी पार्टीद्वारा आज नियन्त्रणमा लिइएका तत्कालीन जनता समाजबादी पार्टी युवा संघ कपिलबस्तुका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई रिहाईको माग प्रर्दशन गरेका छन् । युवा संघ जिल्ला अध्यक्ष हई खाँनलाई तत्काल रिहाइकाे माग गर्दै प्रर्द्धशन गरेका हुन् । उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी कुश्हवा बढनीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक दीप शमशेर जबराका अनुसार खानले कोरोना पोजेटीभ देखिएका व्यक्तिलाई आइसोलेशनमा लाने क्रममा विरोध गरेको आरोपमा  नियन्त्रणमा लिईएको बताउनु भएकाे छ ।

निजले शसस्त्र प्रहरी निरिक्षकलाई दुव्र्यवहार पनि गरेको प्रहरी उपरिक्षक जबराले जानकारी दिनु भयाे । जनता समाजबादी पर्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार खानले क्वारेन्टाइनमा रहेकोलाई ब्यावस्थापन गर्ना र छिटो आर‍ डि टी वा पि सि आर गर्न माग गर्दा प्रहरीले नियन्त्रणमा लिइएको. बताउनु भयाे । अध्यक्ष यादवले भने संघ अध्यक्ष खानलाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिनु भएकाे छ ।

जिल्ला शिलकाे बावजुत प्रशासन कार्यालय अगाडी जनता समाजवादीकाे प्रर्दशन

जिल्ला शिलकाे बावजुत प्रशासन कार्यालय अगाडी जनता समाजवादीकाे प्रर्दशन Sajha news बाट

Posted by Ujyaalo Post on Saturday, 23 May 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation