सिमाबाट नागरिकको उद्धार तथा क्वारेनटाईन र आईसोलेसनको व्यवस्था गर्न अनेरास्ववियुको माग

जेठ ११, तौलिहवा
भारतबाट नेपाल फर्कीरहेका नेपालीहरुको सिमाबाट तत्काल उद्धार गरि क्वारेन्टाईन गर्न तथा आईसोलेसन, आवश्यक कोरोना अस्पताल निर्माण गर्नका अनेरास्ववियुले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकार समक्ष माग गरेको छ
आज एक प्रेस बिज्ञप्ती जारी गर्दै अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले पछिल्लो समय रोजगारी, उपचार र अन्य विवशताका कारण भारत गएका नेपलाी दुःखको समयमा मातृभूमी फर्किरहेको अवस्थामा सिमा नाकाबाट सुरक्षित रुपमा नेपाल भित्राएर आवश्यक क्वारेनटाईनको व्यवस्था सहित उद्धार गर्न, आवश्यक आईसोलेसन निर्माण गर्न, आवश्यक कोरोना अस्पताल निर्माण गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार, प्रदेश नं. ५, कपिलवस्तु प्रशासन र प्रत्येक पालिकाहरुलाई माग गरेको हो ।
अनेरास्ववियका संयोजक बाबुराम अर्याल र सह संयोजक दयाराम पौडेलको संयुक्त हस्ताक्षर भएको उक्त बिज्ञप्ती मार्फत सम्पुर्णलाई संयमित भएर लक डाउन पुर्ण पालना गर्न समेत जनसुमदायलाई अपिल गरेको छ । जिल्लाकै जनप्रतिनिधी, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, पत्रकारलाई पनि कोरोना पोजिटिभ देखिए पछि सर्वसाधारणहरु त्रसित हुनु स्वभाविक नै भएको बताउदै परिस्थितिलाई सामान्य अवस्थामा ल्याउन सरकार जारी गरेको लकडाउनको पालना गर्न समेत अपिल गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation