गणतन्त्र दिवसमा कपिलवस्तु कारागारबाट २ कैदी रिहा हुदै

कपिलवस्तु जेठ १५ ,

गणतन्त्र दिलसका अवसरमा कपिलवस्तु कारगारमा रहेका २ जना कैदी रिहा हुदै छन । राम्रो चालचलन तथा ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरु बिहीवार दिउसाे रिहा हुदै छन । दिवसका अवसरमा राष्ट्रपति बिद्यादेबी भन्डारीले कपिलवस्तु सहीत देशका बिभिन्न कारागारमा रहेका २ सय४१ जना रिहा गर्नु भएकाे छ ।

नकारात्मक सुचीको मुद्दामा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरको २ जना कैदी बिहीबार रिहा हुने कागरागारका जेलर राकेश पाण्डेयले बताउनु भयाे । रिहाकालागि दुइ जनाको नाम कारगार ब्यवस्था बिभागमा पठाईएको थियो। गृहमन्त्रालयले तिनीहरुको सुची राष्ट्रपतिको कार्यालयमा पठाए पछि गणतन्त्र दिवमसा उनीहरु रिहा हुने भएका हुन ।

कपिलवस्तुको बाणगंगानगरपालिकाका कर्तव्य ज्यान तथा कृष्णगनर नगरपालिकाका हातहतियार तथा खरखजाना मुद्दामा कागगारमा जेल सजाएका काटेको दुई जनालाई बिहीवार परिवारको जिम्मा लगाउने तयारी गरिएको जेलर पाण्डेयले बताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation