कृषि टेलीभिजनलाई कारवाही नगरेको भन्दै विद्यार्थी जनमत संघ रुपन्देहीद्धारा प्रद्धर्शन

लुम्बिनी १७ जेठ
“कृषि टिभि नेपाल” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी जनतालाई अपमान गरेकोले उक्त टेलिभिजनलाई कारवाहीको माग गर्दै आएको विद्यार्थी जनमत संघ रुपन्देहीले आज जिल्लाका बिभिन्न स्थानहरुमा प्रद्धर्शन गर्नुका साथै गृह मन्त्रीको पुतला दहन समेत गरेको छ ।
बिगत दश दिन देखी बिभिन्न प्रकारले सामाजिक संजालबाट प्रतिकृयात्मक प्रदर्शन गरिरहेको उक्त बिद्यार्थी संघले हाल सम्म पनि उक्त टेलिभिजनलाई कारवाही नगरिएको भन्दै गृह मन्त्रीको पुतला दहन गरेको संघका जिल्ला ईन्चार्ज रामकेश गुप्ताले बताउनु भयो ।
गत जेठ ६ गते “कृषि टिभि नेपाल” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी जनतालाई अपमान गरि प्रशारण भएको एपिसोडमा प्रयोग गरिएको शब्द तथा सांकेतिक हाउभाउले मधेशी बर्गको खिल्ली उडाएको तथा मधेशी समुदायलाई अपमानित गरेको, सो प्रस्तुतिले मधेशी समुदायलाई होच्याएकोले उक्त टेली भिजनलाई कारवाहीको माग गरेका ईन्चार्ज गुप्तले बताउनु भयो ।
संघले उक्त कार्यक्रमले मधेशी जनता माथि रंगभेद, विभेद, दमन, अश्लील शब्द प्रयोग गरेको हुनाले टिक टक लगायतका सोसल मिडियाहरुमा समेत मधेशी जनता माथि रंगभेद, विभेद, अश्लील शब्द, अपमान, गालि गलोज जस्ता प्रतृकिया बढ्दै गएकोले दोषिलाई कारवाहीको मांग गर्दै आज दशौ दिन पनि गरेको जनमत संघका नेता सन्जय कुमार मिश्रले बताउनु भयो ।
लक डाउनका बाबजुत पनि रुपन्देही जिल्लाका मायादेवी गाउँपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई, मर्चवारी, सम्मरीमाई गाउँपालिका लगायतका दर्जनौ स्थानमा बिरोध प्रर्दशन र पुतला दहन कार्यक्रम भएको थियो ।
बद्यिार्थीहरुले प्रर्दशनमा गृहमन्त्री, सञ्चार मन्त्री, प्रेस काउन्सिल बिरुद्ध नाराबाजी गर्दै कृषि टेलीभिजनलाई कारवाहीको माग गरेका थिए । प्रदर्शनकारीहरुले तत्काल नेपाल सरकारले विद्यार्थी जनमत संघको शान्ति पूर्ण र सांकेतिक आन्दोलनलाई नसुनेमा आफुहरु सडक आन्दोलनमा होमिने ईन्चार्ज गुप्तले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation