नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

नेपालगन्जबाट सल्यान आउँदै गरेको फोर्स गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना  घाइते भएका छन् ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को साे गाडी राप्तिसोनारी २ मा दुर्घटना भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृतकको केहीबेरमा सनाखत हुँदैछ । गाडीमा सल्यानको छत्रेश्वरी र वागचौरका धेरै भएकाे बताइएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation