नक्सा मात्रै होइन, भूमिपनि चाहियो,: कांग्रेस सांसद मुसलमान (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले भारतद्वारा अतिक्रमित भूमि फिर्ताका लागि नेपाल–भारतबीच तत्काल कुटनैतिक वार्ता गर्नुपर्ने माग गर्नु भएकाे छ ।

सोमबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै कांग्रेसका सांसद मुसलमानले गुमेको भू–भागलाई तत्काल फिर्ता गराउन सम्वाद गर्नुपर्ने बताउनु भएकाे हाे । उहाँले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सडक बनाउन बजेटको व्यवस्था गर्न पनि माग गर्नु भएकाे हाे ।

‘दुई देशका बीचमा वार्ताहरू अगाडि बढनुपर्छ’, उनले भन्नु भयाे, ‘बजेट व्यवस्थापनको काम तत्काल गर्नुपर्छ ।’

‘लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषय अत्यन्तै गम्भीरताका साथ उठेको छ’, उनले भने, ‘बिगतको सरकारले दार्चुलाबाट तिंकर नाकासम्म १३४ किलोमिटर ट्रयाक खोल्ने बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ४७ किलोमिटर खण्ड ट्रयाक खोलिसकेको अवस्था छ ।’

‘बिगत ३ वर्षदेखि बाँकी रहेको ८७ किलो मिटर ट्रयाक खोल्ने काम भएको छैन । नक्सा मात्रै जारी गरेर हुँदैन’, उहाँले भन्नु भयाे , ‘भूमिमाथिको स्वामित्व ग्रहण गर्नको लागि अहिले जसरी सरकारले सेनाको उपस्थिति गराएको छ त्यसै गरी बजेटको पनि व्यवस्था गर्नुपर्छ ।’

‘भू–माथिको स्वामित्व ग्रहण ग¥यौँ भने बल्ल त्यो भू–भाग हाम्रो हुनेछ । अन्य कुराहरूको हकमा जसरी सदनभित्र एउटा प्रस्ताव आइसकेको छ, सदन एक ठाउँमा उभिएको छ’, कांग्रेसका सांसद मुसलमानले भन्नु भयाे, ‘कुटनैतिक माध्यमबाट त्यो भूमिलाई फिर्ता लिनको लागि सरकारले पहल गर्नुपर्छ ।’

https://www.facebook.com/officialujyaalopost/videos/677983899692895/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation