चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाह (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने बताए ।

‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनको भाषामा माउन्ट कोमालाङमामा सर्भे टिम पठाएको छ’, उनले भनेका छन् ।

‘त्यो सर्भे टिम नेपालसँग परामर्श गरेर पठाएको हो कि ? २७ मेमा देखाएको छ चाइना सिन्ह्वा न्युजले देखाउँछ त्यहाँ चिनियाँहरू गएर फाइभ जी टावर पनि लगाएका छन्’, सांसद शाहले भने, ‘नेपाल–चीनबीच सहमति भएर मात्रै त्यहाँ सर्वे टिम पठाउनुपर्ने थियो ।’

चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाह

चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाहचिनले सगरमाथामा सर्बे टिम पठाउनुका साथै 5G टावर समेत राखेकाे चिनिया स‌चार माध्यम बताएका छन् । याे विषयमा नेपाल र चिनकाे सहमतीमा भएकाे हाे वा चिनले एक्लै गरेकाे हाे । स‍म्सद कुरा उठाउदै साम्सद अभिषेक प्रताप शाह ।https://www.facebook.com/officialujyaalopost/https://ujyaalopost.com/

Posted by Ujyaalo Post on Monday, 1 June 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation