सडक खन्दा सुुन चाँदीका ५३ पुराना सिक्का भेटिए


कपिलवस्तु-
कपिलवस्तुको बिजयनगर गाँउपालिकामा सडक निर्माणका क्रममा ५३ वटा सुन र चाँदीका देखिने पुराना सिक्का फेला परेका छन । बिजय नगर गाँउपालिकाका वडा नम्बर ७ को पर्शोहिया र ढोढरी सडक निर्माणका क्रममा ढोढरीमा जेसिबीले बाटो खन्ने क्रममा सिक्काहरु भेटिएका थिए । बरामद सिक्काहरु मध्य ५२ वटा चाँदी झै देखिने र १ वटा सुन झै देखिने सिक्का रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए । चाँदी झै सिक्का सन् १८६२ देखी १९१२ सम्मका भारतिय मुद्रा हुन । सुन झै देखिने सिक्काको कालक्रम भने खुल्न सकेको छैन । बाटो निर्माणका क्रममा भेटिएको मुद्रा त्यहाँका स्थानियले १÷२ वटाको संख्यामा स्थानिय लगे पनि सुचना पछि प्रहरीले सबै सिक्का संकलन गरेको प्रहरी निरिक्षक नेपालले प्रष्ट पारे । बरामद गरिएका सिक्काहरुलाई प्रहरीले परातत्व बिभागलाई बुझाउने तयारी अगाडी बढाएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation