काँग्रेस कपिलवस्तुद्धारा तरकारी किसानले क्षतिपुर्ति र दोषी उपर कार्वाहीको माग

कपिलवस्तु- कपिलवस्तुको बुद्धभुममी नगरपालिका– १० धनकौलीमा उत्पादीत तरकारीमा कोराना मिसिएको भन्दै अर्घाखाँचीमा तरकारी नष्ट गरिएको घटना प्रति कांग्रेस कपिलवस्तुे गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ ।

रामघाट तरकारी संकलन केन्द्र मार्फत अर्घाखाचीका ब्यापारी राम किशोर बनियाले किनेर पुर्याएको तरकारी गत जेठ १८ गते अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारीले फिर्ता फठाउन भनेता पनी प्रहरीले डम्पीङ्ग साईटमा फालेको थियो । साेकाे बिरुद्धमा नेपाली काँग्रेस कपिलवस्तुका सभापति सरेन्द्रराज आचार्यको नेतृत्वमा गएको टोलीले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै कठिन सयममा उत्पादन गरेका कृषकलाइ प्रोत्साहन दिनुको साटो उल्टो नष्ट गरिदा आम कृषकमा निराशा छाएको बताउनु भएकाे थियाे ।

उक्त कार्यकाे घाेर भर्तसना गर्दै दोषी उपर कानुनी कारबाही तथा त्यसको उचित क्षतिपुर्तिको माग गरिएको छ मागको सुनुवाई नभए कृषकहरुले जिल्लाका बिभिन्न नाँका हुदै अर्घाखाची जाने अन्न तरकारी रोकेमो त्यसमा कांग्रेसको पनि एकेबद्धता हुने जनाईएको छ । पार्टी सभापति आचार्यले तरकारीबाट कोरोना सर्छ भन्ने कुनै तथ्य प्रमाणहरु नभएको बेला एकतर्फीरुपमा गरिएको गैर जिम्मेवारी कार्यले सारा कपिलस्तुबासीलाई दुखी तुल्लाएकाे बताउनु भएकाे छ ।

यसै गरि प्रदेस सदस्य रिना नेपालले कोरोनाको बाहानामा कपिलवस्तुका कृषकहरुको घोर अपमान गरिएकाले कृषकहरुलाई उचित क्षतिपुर्ति दिनु पर्ने माग गर्नु भयाे । यसै गरि ज्ञापन पत्र बुझाउन सगै गएका किसान संघका जिल्ला सभापति चुर्तभुजमणि त्रिपाठीले किसानको परिश्रम लगानीको अर्घाखाची प्रशासने अवमुल्यन गरको र त्यसको तत्कालै क्षतिपुर्ति दिनु पर्ने माग गर्नु भयाे ।

रामघाट तरकारी संकलन केन्द्रका अध्यक्ष तथा धनकोलीका अगुवा कृषक बहराईची केवटले लकडाउनको मारमा पर्को बेला १०/१२ रुपैया किलोका दरले बचेको तरकारी पनि डम्पीङ साईटमा फाल्दा आफुहरुलाई निकै दुःखी बनाएको बताउनु भयाे । उहाँले आफुहरुलाइ त्यसको क्षतिपुर्ति दिनु पर्ने माग गर्नु भयाे ।

ज्ञापन पत्रको बोधार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा समेत पठाईएको छ । ज्ञापन पत्र बुझाउने टोलीमा जिल्ला समन्वय समितिको सदस्य अनुप पाण्डेय, धनकोलीका कृषकहरु समेतकाे सहभागिता रहेकाे थियाे ।

साे विषययमा अर्घाखाँची जिल्ला प्रमुख जिल्ला अधिकारी बिजय राज पाैडेलले भने आफुले तरकारी फाल्न नलगाएको जिल्लामा अन्य जिल्लाबाट आउने कुनै पनि तरकारीहरु नभित्राउने निर्णय भएकोले फिर्ता गर्न आफुले भनेको उज्यालो पोष्टलाई बताउनु भएको छ । भिडियो तल हेर्न सकिन्छ ।

कोरोन महामारीमा अर्घाखाँचीमा कपिलवस्तु फालिएको संवाद

कोरोना महामारीमा अर्घाखाँचीमा कपिलवस्तु तरकारी फालिएको विषयमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी संग संवादपेज : https://facebook.com/officialujyaalopostन्युज : https://ujyaalopost.com

Posted by Ujyaalo Post on Sunday, 31 May 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation