हत्याको आरोपमा एक पक्राउ

कपिलवस्तु, हत्याको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकामा वार्ड ९ हरनामपुरका ४५ बर्षीय श्यामनाथ तिवारीको हत्या आरोपमा वाणगंगा नगरपालिका वडा नं. ५ कोपवाका ४८ वर्षीय राम लौटन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । आपसी लेनदेनको विवादमा झडप हुंदा तिवारीको हत्या आरोपमा चौधरी पक्राउ परेका हुन् । पक्राउ परेका चौधरीले मंगलवार राती आफ्नै साथी तिवारीलाई कोदालो प्रहार गरी विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका चौधरीले मृतक तिवारीको घांटीमा, आंखा किनार र टाउकोमा कोदालो प्रहार गरी हत्या गरेको बताईएको छ । हत्या आरोपी चौधरी प्रहरीलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोशीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation