खेतको आली काट्ने बिषयमा दुई परिवार बिच झडप, सात जना घाईते

ताैलिहवा- कपिलवस्तु नगरपालिका– १२ मा खेतको आली काटेको बिषयमा दुई परिवार बिच भनभान पछि कुटाकुटा हुदा सात जना घाईत भएका छन । स्थानीय रामखेलावन यादवको एैलानी जग्गाको आली महराजगंज नगरपालिका– २ पडेरियाका सहसराम मुराउले काटे पछि दुई परिवार बिच झडप भएको हो । सोही बिवादमा मुराउ र उनका परिवार सहीत गालेहरुले मिलेर रामखेलापनको परिवारलाई लाठीले प्रहार गरे पछि यादव परिवार तर्फका सात जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये रामखेलावन यादव र रुपक यादवको अवस्था गंभीर छ । दुबैको बुटवल स्थित सिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनामा घाईत भएका प्रमोद सिंह, अकालामति यादव, राजेश यादव, मुद्धेलाल नाउ, जेलह यादवको कपिलवस्तु अस्पतालमा उपचार भईरहेको छ । कुटपीट गर्ने ब्यक्ति फरार रहेको र उनीहरुको खोजी भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मलले बताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation