कोरोनाले लियाे ३ लाख ९३ हजार भन्दा बढीको ज्यान

कोरोना भाइरसका कारण विश्वभर ३ लाख ९३ हजार १ सय २७ जनाको ज्यान गइसकेको छ। यस्तै विश्वभरमा ३२ लाख ४४ हजार भन्दा धेरै मानिसले कोरोना संक्रमणलाई जितेर निको भएका छन्।यसै गरी विश्वमा कोरोना संक्रमितको संख्या झण्डै ६७ लाख पुगेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा ६६ लाख ९७ हजार ७ सय ६३ जनामा संक्रमण देखिएको छ। यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाका कारण एक हजार ३३ जनाको मृत्यु भएको छ।अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख दश हजार नाघेको छ। पछिल्लो विवरणअनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख १० हजार १७३ पुगेको हो । त्यस्तै ब्राजिलमा एकै दिन १४ सय ९२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ६ लाख १५ हजार संक्रमित रहेका छन्। ३४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यस्तै रुसमा ४ लाख ४१ हजार भन्दा धेरै संक्रमित छन्। भारतमा २ लाख २६ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ भने ६ हजार ३ सय ६३ जनाको ज्यान गईसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation