प्रशासनको चासोमा कोलेनिकाद्धा बालगृहको आय व्ययको लेखा परिक्षण तथा छानविन, आर्थिक काराेवार पारदर्शी

ताैलिहवा- केही समय अगाड संचार माध्यमहरुमा निकै विवादको रुपमा आएको कपिलवस्तु बाल गृहको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको समन्वयमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) कपिलवस्तुले आव ०७६/७७ को श्रावण देखी चैत्र महिना सम्मको लेखा परिक्षण एंव छानविन गरेको छ ।लेखा परिक्षण प्रतिवेदन अनुसार बाल गृह कपिलवस्तुको भुक्तानी तिर्न बाँकी २९ लाख १९ हजार ९ सय ७१ देखिएको छ, जस्मा यस बर्षको १० लाख २३ हजार ३ सय २० र गत बर्षको १८ लाख ९६ हजार ७ सय ५१ रहेको छ । यसै गरि बाल गृहले चैत्र मसान्त सम्म प्राप्त गर्नु पर्ने रकम ८० हजार ६ सय ३० रुपैया रहेको देखिन्छ ।परिक्षण प्रतिवेदन अनुसार आम्दानी खर्च तर्फ यथार्थ आम्दानी गत आवको मौज्दात नगद तथा बैकं गरि जम्मा आम्दानी ३७ लाख ३४ हजार ५१ रुपैया ८७ पैसा तथा खर्च ३५ लाख ४१ हजार ४ सय ५७ रुपैया ८७ पैसा रहेको देखिन्छ । यसै गरि बाँकी मौज्दात बैकंमा बाँकी १ लाख ८५ हजार ७ सय ५ रुपैया ५५ पैसा र नगदमा ६ हजार ८ सय ८९ रुपैया रहेको देखिन्छ । कोष नियन्त्रक पुन्य प्रसाद पन्थीद्धारा हस्ताक्षरित परिक्षण प्रतिवेदन अनुसार बैक तथा नगद र भुक्तानी पाउनु पर्ने रकमलाई घटाएर बाल मन्दिरको चैत्र सम्मको दायित्व रकम मात्र २६ लाख ४६ हजार ७ सय ५५ रहेको छ ।कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बाल गृहका पदाधिकारी र प्रमुख संगको कुराकानीमा बाल गृहमा खर्च अपारदर्शी तथा अब्यवारिक भएको भनिएको भिडियो सामाजिक संजालमामा भाईरल भएको थियो । साथै बिभिन्न संचार माध्यमहरुमा पनि समाचारहरु प्रकाशनमा आएका थिए । बाल गृहको बारेमा बिभिन्न समाचारहरु आए पछि नेपाल बाल संगठन कपिलवस्तुले बाल गृहको आय व्ययको निश्पक्ष छानविन गरिदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई अनुरोध गरेको थियो । सो पश्चात जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोष तथा लेखा नियन्त्रक कार्यालयसंग समन्वय गरि बाल गृहको आय व्ययको लेखा परिक्षण गराएको थियो ।
बिशेष गरेर बाल गृहमा रहेका बाल बालबालिका उचित खान पान पाएको वा नपाएको र बालबालिकाको दिन चर्यालाई अध्ययन गरि बालबालिकासंग भेटघाट गरि लेखापरिक्षण प्रतिवेदन तैयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा बाल गृहको मुख्य आम्दानीका श्रोतको उल्लेख गरिनुका साथै खर्च गर्ने बिधी र प्रकृया व्यवस्थित रहेको उल्लेख गरिएको छ । साथै लेखा र हुने जोखिमलाई समेत बिशेष अध्ययन गर्दा नागरिकता फाराम बिक्री, नगद प्राप्त रकमहरु रसिद काटिएको भोली र पर्सी भित्रैमा बैंक दाखिला गरिएको पाईएको छ ।
बालगृहमा प्राप्त हुने नगद तथा जिन्सी सहयोगको पनि पारदशी अभिलेखीकरण भएको दाताहरुले खुवाएको १ छाक खानाको समेत अभिलेखीकरण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखा परिक्षण गर्ने क्रममा बाल गृहको अवलोकन गर्दा गृहमा ७ देखी १९ बर्षका २९ जना बालबालिका रहेको बिहानको खाजा, दिनको खाना र साँझको खाजा सम्म खुवाएको देखिएको र बाल गृहका कर्मचारी र बालबालिका बिच पारिवारीक सम्बन्ध रहेको पाईएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।बाल गृहमा अस्वभाविक खर्च भए नभएको अध्ययन गर्दा बाल बच्चा र कर्मचारीहरुको खाना, खाजा, सरसफाइ, लत्ता कपडा, कर्मचारीहरुको तलव भत्तामा अधिकत्तम खर्च भएको पाईएको एंव अस्वभाविक खर्च नदेखिएको उल्लेख गरिएको छ । बाल संगठन कपिलवस्तुका अध्यक्ष राजु प्रसाद अर्यालले बिगतमा बाल गृहको आम्दानी कम भएको बिगत देखीको दायित्व बढ्दै जादा तिर्नु पर्ने बाँकी रकम धेरै रहेको जानकारी गराउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation