असार १ देखि ह्विस्कीको नयाँमूल्य, कुन ह्विस्कीको मूल्य कति ?

नेपालका दुई चर्चित ह्विस्की उत्पादक कम्पनीले असारदेखि नयाँ मूल्य कायम गर्ने भएका छन् । विजय डिष्टिलरी प्राली नवलपरासी र हिमालयन डिष्टिलरी बीरगञ्जले आफूले उत्पादन गर्ने  ह्विस्की नयाँ मूल्यमा बजारमा ल्याउने भएका हुन् । विजय डिष्टिलरीले ब्ल्यू डाइमण्ड तथा हिमालयनले गोल्डेन वक र ब्ल्याक वक ह्विस्की उत्पादन गर्दै आएका छन् । 
कम्पनीले दिएको जानकारी अनुसार असार १ देखि ब्ल्यू डाइमण्ड ह्विस्की ७ सय ५० मिलि लिटरको ९ सय २० रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।  त्यसैगरि ३ सय ७५ र १ सय ८० मिलिटिरको क्रमशः ४ सय ६० र २ सय ३० रुपैयाँ क्रमशः तोकिएको छ । उता गोल्डेन वक ७ सय ५० मिलिलिटरको ९ सय २० र ब्ल्याक वक ह्विस्की ७ सय ५० मिलिलिटरको १ हजार १ सय २० रुपैयाँ तोकिएको छ। सो मूल्य उपभोक्ताले खरिद गर्न सक्ने मूल्य हो । दुवै कम्पनीले बिक्रेतालाई छुट्टै कमिशन दिने व्यवस्था गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation