विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक, (अपडेट) सहित

– विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार २ सय ५६ पुगेको छ भने संक्रमितको संख्या ६८ लाख ५१ हजार ३ सय ४० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३३ लाख ५१ हजार ३ सय २३ जना उपचारपछि निको भएका छन् ।  हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ११ हजार ३ सय ९० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १९ लाख ६५ हजार ७ सय ८ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ७ लाख ३८ हजार ६ सय ४६ जना निको भइसकेका छन् ।  त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३५ हजार ४७ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ४६ हजार ६ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ७ सय ७४ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३४ हजार ५ सय ३१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation