पश्चिम नवलपरासीमा प्रहरी र स्थानिय विच झडप, प्रहरिले हवाई फायर गर्याे

पश्चिम नवलपरासीमा प्रहरी र स्थानिय विच झडप, प्रहरिले हवाई फायर गर्याे । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाकाे वडा नं ५ बसहियामा प्रहरी र स्थानिय विच मलकाे कुरा लाई लिएर झडप भएकाे छ । स्थानिय किसानहरू ले मल नपाएर बाध्य भएर भारत बाट ल्यानु परेकाे छ । अाज साँझ ६ बजेकाे समयमा एक महिलाले मल लिन भारत गएकि थिईन । शसस्त्र प्रहरी बल ले मल ल्याउन नदिने भन्दै ती महिला संग कडा रूपमा प्रस्तुत भएका थियाे । टाउको मा राखेर पटक ल्याउदै गरेकाे महिला लाई सिमामा खटिएकाे शसस्त्र प्रहरिले हस्तक्षेप गर्दै ल्याउन नमिल्ने भनेर लाठि चार्च गरेपछि झडप शुरू भएकाे एक स्थानियले बताएका छन् । यसै विचमा स्थानिय ५ जना जस्मा २ जना महिला र शसस्त्र प्रहरी तर्फ ५ जना घाईते भएकाे बसहिया प्रहरी चाैकि असई अाेम देव भट्ट ले बताउनु भएकाे छ । झडपले ठुलै रूप लिएपछि प्रहरिले ३ राउन्ड हवाई फायर गरेकेा भट्ट ले भन्नू भयाे । अहिले अवस्था समान्य छ र घाईतेहरू उपचार गराई रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation