अमेरिकामा २० लाख कोरोना संक्रमित, रङ्गभेदविरोधी आन्दोलनले स्थिति झन् भयावह

एजेन्सी, २६ जेठ । अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्या २० लाख नाघेको छ । त्यहाँ १ लाख १२ हजार संक्रमितको मृत्यु भइसकेको छ ।पछिल्लो तथ्यांक अनुसार २० लाख ७ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १ लाख १२ हजार ४ सयको मृत्यु भएको छ ।अमेरिकामा संक्रमित झन् बढ्ने खतरा छ । एकजना अश्वेत पुरुष मारिएपछि विरोधमा आन्दोलन चर्केको छ । त्यसले पनि कोरोना संक्रमण बढ्ने खतरा भएपछि त्रास बढेको छ । अमेरिका कोरोना महामारीसँग जुध्दै गर्दा अर्को घरेलु समस्यासँग जुध्न वाध्य भएको छ । त्यहाँ सेना परिचालनको तयारी भइसकेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation