कोरोना भाइरसले विश्व अर्थतन्त्रमा महामारी ल्याउने विश्व बैंको चेतावनी

काठमाडौं ।  कोरोना भाइरस महामारीले विश्वभर ठूलो आर्थिक संकट निम्त्याउने विश्व बैंकले चेतावनी दिएको छ । यो संकट मानव समूदायका लागि विनाशकारी हुने बैंकले बताएको छ । बैंकका अनुसार, महामारीले करोडौँ व्यक्तिको जीविकोपार्जन नराम्ररी प्रभावित हुने छ ।कोरोनाबाट प्रभावित अर्थतन्त्र पुरानै अवस्थामा फर्किन कम्तिमा एक दशक लाग्ने विश्व बैङ्कका अध्यक्ष डेविड मलपासले सचेत गराएका छन् । गत मे महिनामा मलपासले कोरोनाभाइरसले विश्वका करीब छ करोड व्यक्ति अत्यन्तै गरिबीमा पर्ने घोषणा गरेका थिए । विश्व बैङ्कले दैनिक १.९० अमेरिकी डलरभन्दा कम आय हुने व्यक्तिलाई अत्यन्तै गरिबी रहेको सूचीकृत गरेको छ ।  बीबीसीको रेडियो फोरसँगको अन्तर्वार्तामा मलपासले करीब छ करोड व्यक्तिको दैनिक आय एक यूरोभन्दा कम हुने आँकलन गरे। वैश्विक अर्थतन्त्रका लागि विनाशकारी हुने कोरोनाभाइरस महामारीले सामाजिक, सांस्कृतिक र स्वास्थ्यसँगै मानव जीविकोपार्जनको अन्य क्षेत्र समेत नराम्ररी प्रभावित बनाउने उनले चेतावनी दिए।थोरै जोहो गर्न सक्ने समुदाय सबैभन्दा बढी प्रभावित हुने उनको भनाई थियो । उनले विश्वका थुप्रै राष्ट्रमा दैनिक जिविकोपार्जन गर्ने व्यक्तिले अनौपचारिक क्षेत्रमा समेत काम गर्ने अवसर पाउन नसकेको, जसको असर आगामी एक दशकसम्म रहिरहने बताए। विश्व बैङ्कले आफूसँग सहकार्य गर्नेहरूसँग समन्वय गरी नराम्ररी प्रभाबित राष्ट्रलाई राहत उपलब्ध गराउँदै आएपनि उक्त राहत पर्याप्त नहुने चेतावनी दिएको छ । विश्व आपूर्तिमा देखिएको समस्या प्रमुख चुनौती रहेको विश्व बैङ्कको आँकलन छ । यस्तो अवस्थाबाट पार पाउनु कठीन भएपनि सामूहीक प्रयासले नराम्ररी प्रभाबित राष्ट्र पनि सुदृढ अवस्थामा आउने अध्यक्ष मलपासले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation