कोरोना भाइरसले विश्वभर ७० लाखभन्दा बढी संक्रमित, ४ लाख ५ हजारको मृत्यु

५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ ।सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ ।विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७० लाख ८२ हजार हाराहारी पुगेको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ६८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७० लाख ८१ हजार ८११ पुगेको छ ।३२ लाख २० हजार ५०० जनाको उपचार भइरहेकोमा ५३ हजार ७५८ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ७८ हजार ९४३ जनाको मृत्यु भएको छ ।२० लाख ९४ हजार ३२४ जना संक्रमित भएकोमा १० लाख ८२ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ । त्यसमध्ये ९ लाख २५ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ५० हजार २२२ जनाको मृत्यु भएको छ । ११ लाख ४६ हजार ४७० जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरुमा ५ हजार २१५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ११८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९१९ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७० जना संक्रमित भएकोमा ८ हजार २८९ जना संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation