सशस्त्र प्रहरीले महिला माथि कुटपीट गरेकाे भन्दै बिओपी घेराउ

लवनी संवावदाता
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा स्थानीयहरुले सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोस्ट (बिओपी) घेराउ गरेका छन् ।सशस्त्र प्रहरीले हिज आईतबार भारतमा औषधी लिन गएकी महिलालाई कुटपिट तथा दुरव्यवहार गरेको भन्दै अाज साेमबार बिहान डेढ सय स्थानियहरुले लकडाउनको प्रबाह नगरी (बिओपी) घेराउ गरेका हुन् ।शुद्धोधन गाँउपालिका वडा नं.५की ३६ वर्षिय लक्ष्मी धोबी औषधी लिन जाने बेलामा उनि सशस्त्र प्रहरी बाट अनुमति लिएर भारतमा प्रवेश गरेको अवस्थामा कम्तीमा २ सय मिटर भारतमा पुगरे धोवीलाई निर्घात कुटपिट गरेको पीडित पक्षले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीबाट यस भन्दा पहिला पनि यस्ता प्रकारका गतिबिधी भएकोले बाध्य भएर कार्यालय घेराउ गर्न परेको स्थानिय युवा सुग्रिम यादवले बताउनु भयो ।स्थानिय अगुवा र वडा अध्यक्ष लगायतको सहभागितामा छलफल गरि महिलाको औषधी उपचार, आगामी दिनमा यस्ता कृयाकलाप नहुने प्रतिबद्धता सहित माफी मागे पछी स्थानियहरुले घर फर्केको यादवल्े बताउनु भयो यसै गरि शसस्त्र प्रहरीले लकडाउनको मौका छोपेर तस्करहरुसंग मिलेर तस्करी गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् ।स्थानीयहरुले भने जस्तो त्यस्तो केही नभएको र अहिलेको असहज पस्थितीमा नागरिकहरु भारतमा सहज आवात जावतमा समस्या भएकोले विवाद भएको शसस्त्र प्रहरी निरिक्षक सुशिल के.सी.ले बताउनु भयो । एक जना महिला भारत जाने क्रममा सामान्य विवाद भएका जानकारी दिदै आज छलफल समस्याको समाधान गरिएको जानकार दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation