कांग्रेस नेता उपाध्यायले ६० पत्रकारको गरिदिए कोरोना विमा

कपिलवस्तु, २६ जेठ । नेपाली कांग्रेसका नेता तथा पुर्व राजदुत दीप कुमार उपाध्यायले कपिलवस्तुमा क्रियाशील ६० जना पत्रकारहरुको कोरोना वीमा गरिदिएका छन् । नेपाल प्रेस यूनियन कपिलवस्तुको संयोजनमा नेता उपाध्यायले शिखर ईन्सुरेन्स कम्पनी लिमिटेडमा जिल्लामा क्रियाशील ६० जना पत्रकारहरुको १ लाख रुपैया राशीको कोरोना विमा गरि दिएका हुन् ।यूनियनले तौलिहवामा आयोजना गरेको प्रेस भेटघाट कार्यक्रममा नेता उपाध्यायले विमाको वोण्ड पेपर नेपाल प्रेस यूनियन कपिलवस्तुका सभापति गोपाल भण्डारीलाई हस्तान्तरण गरेका छन् । कोरोना संक्रमणको समाचार फ्रन्ट लाईनमा बसेर संकलन तथा संप्रेषण गर्ने पत्रकारहरुलाई सानो मायाको चिनोको रुपमा स्मरण गर्दै उपहार प्रदान गरेको नेता उपाध्यायले बताए ।नेता उपाध्याय जिल्लामा मिडीया प्रेमी नेताको रुपमा चिनिन्छन् । नेता उपाध्यायले कोरोना संक्रमणका बेला जिल्लाका पत्रकारहरुको विमा गरि दिएको प्रति नेपाल प्रेसका सभापति गोपाल भण्डारी, पुर्व सभापति सरोज अर्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले आभार व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल प्रेस यूनियका उपसभापति खग प्रसाद चापागाई, कोषाध्यक्ष गुरुदेव पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation