कोरोना भाइरसले विश्वभर ७१ लाख ९३ हजार संक्रमित, ४ लाख ८ हजारको मृत्यु

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ ।मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको छ ।विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७१ लाख ९३ हजार नाघेको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ३१५ पुगेको छ ।३२ लाख ४९ हजार २०६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ ।२१ लाख ९ हजार १७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरुमा ३५ हजार ६३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३२७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरुमा ५ हजार ३९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २१२ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७५ जना संक्रमित भएकोमा ८ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation