पुर्व राज्य मन्त्री निसादको मृत्यु, प्रधानमन्त्रीद्धारा शोक वक्तव्य जारी

बिरगंज– नेकपाका नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघ राज निसाद मृत्यु भएको छ । ६५ बर्षिय निसाद मिर्गाैला सम्बन्धी समस्याबाट ग्रसित हुनु हुन्थ्याे । उहाँको उपचारको क्रममा बिरगंज स्थित नेश्नल मेडिकल कलेजमा मृत्यु भएको हो । यस अघि केपी शर्मा ओली प्रधामन्त्री हुंदा मधेश समात पार्टीबाट उनि उद्योग राज्य मन्त्री हुनु हुन्थ्याे । पछील्लो समयमा उहाँले नेतृत्व गरेको मधेश समता पार्टी नेकपामा समाहित भएको थियो ।
निसादकाे मृत्युले आफुलाई दुःखिः तुल्याएको भन्दै प्रधानन्त्री आली एक शोक वक्तव्य जारी गर्नु भएकाे छ । उहाँले नेकपाका नेता पूर्व राज्यमन्त्री निसादको निधले आफुलाई दुःखी तुल्याएको शोकमा परेको परिवारजन, आफन्त र शुभचिन्तकहरु गहिरो समवेदना व्यक्त गरेका छन् ।
आफुले मृतक निसादमा सरल जिवनशैली, ईमान्दारिता, राष्टिय भावना, देश जनता प्रति निष्ठावान व्याक्तित्व पाएको वक्तव्यमा उल्लेख गरिएको छ । मृतक निसादको मंगलबार नै अन्त्यष्टी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation