कोरोनाको कहर बिच ट्रम्पले चुनावी र्याली गर्ने

जेष्ठ २९ एजेन्सी । कोरोना संक्रमण र मृत्यु निरन्तर भईरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरु आयोजना गर्ने बताएका छन् ।

गत वर्षको अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुचारु गर्ने ट्रम्पले बताएका हुन ।

कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी र्‍याली र सभालाई निरन्तरता दिने बताएका हुन ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने बताएका हुन ।

शुक्रबारबाट आफूले र्‍याली थाल्ने उनले बताएका हुन । जारी कोरोनाको महामारी नियन्त्रणका लागि अपनाइने मापदण्डका बारेमा भने उनले केही खुलाएनन् ।

विश्व स्वास्थ्य संगठनले अमेरिकालगायत विश्वभर कोरोना नियन्त्रणमा नआइसकेकाले न्यूनतम मापदण्ड पूरा गरेर मात्र आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।

कतिपय देशअरुले लकडाउन जारी राखेपनि अमेरिकामा भने कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको छैन ।

जसका कारण अमेरिकामा मात्र एक लाख बढीको मृत्यु भइसकेको छ भने २० लाख बढी संक्रमित छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ ।आगामी निर्वाचनका लागि राष्ट्रपति ट्रम्पका प्रतिष्पर्धीको रुपमा डेमोक्र्याट्सका तर्फबाट पूर्व उपराष्ट्रपति जो विडेन उम्मेद्वार रहेका छन् ।
जर्ज फ्लेईडको प्रहरीले पासवीक हत्या गरेको बिषय, कोरोना नियन्त्रण जस्ता बिषयमा ट्रम्पमाथि केही आलोचना हुदै आएको छ ।
यस पटकको निर्वाचनमा ट्रम्पले बिदेनबाट कडा चुनौतीको सामना गर्नु पर्ने सर्बेक्षणहरुले देखाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation