कपिलवस्तुमा युवाहरुद्वारा सरकार बिरुध प्रदर्शन

तौलिहवा- कपिलवस्तुका युवाहरुले तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धार अघि सरकार बिरुद्ध प्रदर्शन गरेका छन । कोरोना संक्रमणका नाममा सरकारले अपारदर्शि खर्चलाई बढावा दिएको भन्दै १ घण्टा धर्ना दिएर कपिलवस्तुमा बिरोध प्रर्दशन गरिएको हो ।
लकडाउनका बिच तौलिहवामा जम्मा भएका युवाले कोरोना संक्रमणको परिक्षण पिसिआर बिधीबाट गर्नु पर्ने, जिल्लामा कोरोना अस्पताल निर्माण गर्नु पर्ने, संक्रमणका नाममा भएको खर्च सार्वजनिक गर्नु पर्ने लगायतका माग राखेका थिए । प्ले कार्ड, व्यानर बोकेका उनीहरुले प्रधानमन्त्री र सरकार बिरुद्ध नाराबाजी समेत गरेका थिए । युवा नेता प्रकाश घिमिरेको नेतृत्वमा रहेको युवाहरुले प्रदर्शनको क्रममा सरकार औषधि उपचारमा नलागेर भष्टचारमा लिप्त भएको आरोप लगाए । कोरोना संक्रमणका बेला नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्नु पर्ने सरकार सुते झै गरे पछि आफुहरुले आन्दोलनका कार्यक्रम शुरु गरेको धर्नामा सहभागी युवाहरुले बताए ।
एक घन्टाको धर्ना पश्चात कोणसभामा बोल्दै युवा नेता प्रकाश घिमिरेले सरकारले पिसिआरको दायरा बढाउनु पर्ने, तिन तहकै सरकारले गरेका कामहरु पारदर्शी हुनु पर्ने, कोरोना अस्पताल निमार्ण गर्नु पर्ने बिदेशमा अलपत्र परेका नागरिकको तत्तकाल उद्धार गर्नु पर्नेमा सरकार राज्य कोषको रकम पार्टी कोषमा कसरी लान सकिन्छ भन्नेमा लिप्त रहेकोले आन्दोलनको सुरुवात गर्नु परेको बताउनु भयो । आन्दोलनमा सहभागि युवा सन्दिप चौधरीले सरकारले पिसिआरको परिक्षणको दायरा बढाउनुको सट्टा आरडिटी गरेर घर पठाएको र मानव स्वास्थ्य प्रति गैर जिम्मेवार भएको बताउनु भयो । यसै गरि बिद्यार्थी नेता राकेश पाण्डेयले पनि यसैगरि युवा मनोज पाण्डेय आफुहरु स्वस्र्फुत सरकारको पछिल्लो रवैयाको बिरोधमा आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो । स्थानीय सरकार, प्रदेश र संघीय सरकार तिनै तहका सरकारले कोरोना नियन्त्रण गर्ने नाममा अर्बौ रुपैया खर्च गरेका त पारदर्शी नभएकोले नागरिक आन्दोलनको सुरुवात गर्नु परेका बताउनु भयो । आन्दोलनमा बिद्यार्थी नेता राकेश पाण्डेय लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

https://www.facebook.com/officialujyaalopost/videos/601766374051851/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation