बाजुरामा क्वारेन्टाइन भित्रै आत्महत्या

बाजुरा : बडिमालिका नगरपालिका २ मा एक जनाले सत्यवादी माविको क्वारेन्टाइन भित्रै आत्म हत्या गरेका छन् । भारतबाट घर फर्किएको दुइदिन पछि बडिमालिका २ माझीगाउँ बस्ने वर्ष ४५ का भुपेन्द्र दमाइ (झुप्रे) ले डोरी लगाएर आत्म हत्या गरेका हुन् । बसेको कोठा भन्दा केही दुरीमा रहेको टिनको छानामा दमाइले घाँटीमा डोरी लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ । रातीको साढे ८ बजेपछि एकाएक क्वारेन्टाइन रहेको कोठा भित्रै डोरी लगाएर आत्म हत्या गरेको क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरी जवान भरत चौधरीले जानकारी दिएका छन् । 

उनीसँगै एउटै क्वारेन्टाइनको कोठामा उनकी श्रीमति र २ छोरा २ छोरी समेत एउटै क्वारेन्टाइनमा बसिरहेका छन् । दमका रोगबाट प्रभावित दमाई भारतको दुर्गापुरी बाट आएका दमाई २८ गतेदेखि क्वारेन्टाइनमा बसिरहेका थिए । 

दमाईको परिवार २७ गते गौरीफन्टा नाका हुदै नेपाल आएका हुन् । उनीसँगै उक्त क्वारेटाइनमा १६ जना बसिरहेका छन् । आत्महत्याको कारण बारे थप अनुसन्धानका लागि प्रहरीको टोली जिल्ला प्रहरी कार्यालय बाजुराबाट घटना स्थलतर्फ गएको छ । 

पारिवारीक तनाब र लामो समयदेखिको रोगको संक्रमणका कारण आत्महत्या गरेको अनुमान गरिएको छ । जिल्लामा यस अघि मष्टा आधारभुत विद्यालय खप्तड छेडेदह गाउँपालिका ७ मा एक जनाको मृत्यु भएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation