कोरोना भाइरस : विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् ।शुक्रबार विहानसम्म ३८ लाख ३३ हजार मानिस संक्रमणमुक्त भएकोमा शनिबार विहान साढे ५ बजेसम्म ३९ लाख १६ हजार ४८९ जना संक्रमण मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २७ हजार ६७६ पुगेको छ ।विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७७ लाख २४ हजार ६१५ पुगेको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ५१६ जना नयाँ संक्रमित थपिएका छन् ।३३ लाख ८० हजार ४५० जनाको उपचार भइरहेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८२ हजार ६७ जनाको मृत्यु भएको छ ।२१ लाख ७३ हजार ५७८ जना संक्रमित भएकोमा ११ लाख ४७ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार ८०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख १९ हजार ७६२ पुगेको छ । त्यसमध्ये १० लाख २९ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरुमा ३८ हजार ७३७ जनाको मृत्यु भएको छ । १५ लाख ३८ हजार ६६५ जना संक्रमित भएकोमा ९ लाख ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ५७ हजार ८४४ जनाको मृत्यु भएको छ । १३ लाख ५५ हजार ३७९ जना संक्रमित भएकोमा ६ लाख ९० हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरुमा ६ हजार ८० जनाको ज्यान गएको छ भने २ लाख २७ हजार ६०९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९०१ जना संक्रमित भएकोमा ८ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation