गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या १९७ पुग्यो

गण्डकी प्रदेशमा शनिबार थप पाँच जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा पर्वतको कुस्मा नगरपालिकाका ६ बर्षिय बालक सहित ४ जना र नवलपरासी जिल्लाको सुस्ता पुर्व जिल्लामा एक जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका ६ बर्षिय बालक, सोही ठाउँकी १७ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।यस्तै पर्वतकै जलजला गाउँपालिका वडा नं १ बाँसखर्कका १७ बर्षिय पुरुष तथा महाशिला गाउँपालिका वडा नं ५ लुंखु घर भएका १६ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको क्षेत्रिय स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।पर्वतमा थपिएका सबै संक्रमितहरु भारतबाट आई कुस्मा स्थित क्वारेन्टाईनमा बसिरहेका र स्वास्थ्य अबस्था सामान्य रहेको छ।उनीहरुलाई कुस्माको गुप्तेश्वर क्याम्पसमा बनाइएको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गर्ने तयारी भैरहेको छ ।यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । उलाई नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation