नेपालले सीमा विवाद वार्तामार्फत समाधान खोज्ने समझदारीको उल्लघंन गर्‍यो: भारत

काठमाडौं– नेपालले प्रतिनिधिसभा बैठकबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेपछि भारतले त्यसमा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिवार सांझ वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् । नेपालले आफ्नो भुभागलाई समेत समेटेर संविधान संशोधन गरेको भन्दै त्यो भारतलाई मान्य नहुने बताएका हुन् ।नेपालले नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर यसअघि नै नयां नक्सा जारी गरेको थियो । नेपालले नयां नक्सा जारी गर्ने वित्तिकै त्यसको विरोध गरेको थियो । शनिबार प्रतिनिधिसभाले नयां नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई सर्वसम्मत अनुमोदन गरेपछि भारतको प्रतिक्रिया आएको हो ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालको यो कदमले सीमा विवादको हकमा वार्तामार्फत समस्याको समाधान खोज्ने समझदारी पनि उल्लंघन भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation