कोरोना भाइरस : विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी संक्रमित

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ३२ हजार १६८ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा देखिएको महामारीबाट संक्रमित ३४ लाख १ हजार ८७० जनाको उपचार भइरहेको छ भने ४० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ८२ हजार ५८० जनाको मृत्यु भएको छ । २१ लाख ९० हजार १२२ जना संक्रमित भएकोमा ११ लाख ५८ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार १३५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ५४ हजार ५०१ पुगेको छ । त्यसमध्ये १० लाख ४९ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३९ हजार ४७६ जनाको मृत्यु भएको छ । १५ लाख ७७ हजार ६७२ जना संक्रमित भएकोमा ९ लाख ६६ हजार २१ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ५९ हजार ११५ जनाको मृत्यु भएको छ । १३ लाख ८७ हजार ७६७ जना संक्रमित भएकोमा ७ लाख २८ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ६ हजार २८३ जनाको ज्यान गएको छ भने २ लाख ३५ हजार ७०४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९१३ जना संक्रमित भएकोमा ८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation