भारतमा २४ घण्टामा थपिए १२ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको हो ।एकै दिन अरू ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ ।एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation